सोवा रिग्पा चिकित्सा पद्धति : वर्तमान अवस्था र चुनौती

Authors

  • Pasang Sherpa

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81964

Keywords:

आदिवासी जनजाति, सोवारिग्पा, परम्परागत ज्ञान, सम्प्रभुता, कानुनी मान्यता

Abstract

यो लेखमा हिमाली क्षेत्रमा परापूर्वकालदेखि अभ्यास र प्रचलनमा रहेको आदिवासी जनजातिको औषधीउपचार सम्बन्धित ज्ञान, सिप र अभ्यासको रूपमा रहेको सोवा रिग्पा चिकित्सापद्धतिको वर्तमान अवस्था, यसले समुदायमा पुर्याएको योगदान र कानुनी मान्यताको अवस्था प्रस्तुत गरिएको छ । यो लेख गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाअन्तर्गतको सामागाउँ, ह्लो, प्रोक, विही, कुताङ, चुमचेत,  छेकम्पार र  निले गाउँहरूमा गरिएको अनुसन्धानमा आधारित छ । सोवा रिग्पा चिकित्सापद्धति चुम्बा र नुब्री समुदायमा आज पनि लोकप्रिय र अपरिहार्य चिकित्सा विधिका रूपमा रहेको छ । सोवा रिग्पा हिमालय क्षेत्रका बासिन्दाको संस्कृति र संस्कारको अभिन्न अङ्ग बनेको छ । नेपालका हिमाली बस्तीहरूमा अहिले पनि आम्चीकै भरमा स्वास्थ्य सुविधा पुग्ने गरेको छ । आम्चीहरूले स्वास्थ्य उपचार मात्र नगरी जैविक विविधताको संरक्षण र प्राचीन सांस्कृतिक मान्यताहरूको संवर्धनमा पनि योगदान पुर्याएका छन् । आधुनिक चिकित्सापद्धतिको चौतर्फी प्रभाव परिरहेको अवस्थामा समेत हिमाली क्षेत्रमा आम्ची अतिलोकप्रिय र प्रभावकारी रहेको पाइन्छ । आम्चीले विशुद्ध उपचार मात्र नभई सामाजिक सम्बन्ध, नातेदार, संस्कृति र पहिचानको निरन्तरतामा योगदान पुर्याएकाले सांस्कृतिक, आध्यात्मिक, धार्मिक र सामाजिक रूपमा उपयुक्त र सान्दर्भिक मानिन्छ । आम्चीहरूको योगदानलाई विगतका सरकारले सम्मान र कानुनी मान्यता प्रदान नगरी संरचनागत असमानता र विभेद सृजना गरी उनीहरूको ज्ञान, अभ्यास र संस्थालाई सीमान्तीकरणतर्फ  धकेलेको पाइन्छ । त्यसैले हाम्रा छिमेकी मुलुक र विश्वका अन्य मुलुकहरूमा सोवा रिग्पालाई कानुनी मान्यता प्रदान गरेको सन्दर्भमा राज्यले आधुनिक चिकित्सा विज्ञान वा स्वास्थ्योपचार विधिलाई मात्र नभएर आदिवासी जनजाति समुदायमा प्रचलित सोवा रिग्पा चिकित्सापद्धति, आम्चीले समुदायमा पुर्याएको योगदान र आम्ची उपचारसँग सम्बन्धित ज्ञान, सिप, प्रविधि र अभ्यासलाई सम्मान र कानुनी मान्यता प्रदान गर्न जरुरी देखिन्छ । यो उपचारपद्धतिलाई वैकल्पिक उपचारविधिका रूपमा मात्र नहेरी सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा वैधता दिनुपर्दछ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
63
PDF
26

Downloads

Published

2025-07-21

How to Cite

Sherpa, P. (2025). सोवा रिग्पा चिकित्सा पद्धति : वर्तमान अवस्था र चुनौती. Samaj Anweshan समाज अन्वेषण, 3(1), 94–103. https://doi.org/10.3126/anweshan.v3i1.81964

Issue

Section

Research Article