समाजशास्त्रीय आलोकमा मूर्त सम्पदाहरू

Authors

  • Bhishm Kumar Bhusal

Keywords:

सामाजिक समावेशीकरण, सामाजिक स्तरीकरण, सामाजिक अन्तर्क्रिया, सामाजिक परिवर्तन

Abstract

       पुरातत्त्व, जीवाश्म विज्ञान, ऐतिहासिकता, वास्तुकला, धार्मिक, सौन्दर्य अथवा अन्य सांस्कृतिक महत्त्व भएका भौतिक वस्तु, कलाकृति तथा पुरातात्त्विक स्थानहरूलाई मूर्त सम्पदा भनिन्छ जसमा स्मारक, भवनहरू र स्थलहरू पर्छन् । यस्ता सम्पदाहरूले समुदायको पहिचान, इतिहास, सांस्कृतिक मूल्य तथा विरासत बोकेका हुन्छन्, जसलाई समुदायले अपनत्वका साथ आÇनो गौरवका रूपले लिएको हुन्छ । अमूर्त सम्पदाहरूको समाजशास्त्रीय अध्ययन गर्दा नृवंशविज्ञानको अध्ययन, ऐतिहासिक शोध, मौखिक इतिहास, सादृश्य र अन्तर्विषयक दृष्टिकोण लगायतका दृष्टकोणबाट अध्ययन गर्न सकिन्छ । यस दृष्टिकोणबाट हेर्दा सम्पदाहरूसँग कसरी समाज जोडिएको हुन्छ र समाजले कसरी सम्पदाप्रतिको लगाव राखेको हुन्छ भन्ने कुरा समाजको संरचना, सामाजिक अन्तर्क्रिया, सामाजिक परिवर्तन, समय, स्थान, सामाजिक समावेशिता,  वहिष्करण, भूमण्डलीकरण र मूर्त सम्पदाबिचको अन्तर्क्रिया, सम्पदा संरक्षण र विपद उत्थानशीलता जस्ता समाजशास्त्रीय आयामहरूबाट यस अध्ययनमा विवेचना गरिएको छ ।

Abstract
108
PDF
1

Downloads

Published

2025-07-21

How to Cite

समाजशास्त्रीय आलोकमा मूर्त सम्पदाहरू. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 104-112. https://doi.org/10.3126/anweshan.v3i1.81968

Issue

Section

Research Articles

How to Cite

समाजशास्त्रीय आलोकमा मूर्त सम्पदाहरू. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 104-112. https://doi.org/10.3126/anweshan.v3i1.81968