असमानताबाट धार्मिक रूपान्तरण तर्फः सामाजिक विभेदले पारेको प्रभाव

Authors

  • Laxmi Thapa

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81976

Keywords:

छुवाछुत, धार्मिक, विविधता, विश्वास, स्तरीकरण

Abstract

मानव मात्रले पृथ्वीमा आपूmलाई जीवित राख्नका लागि अर्थोपार्जन गर्नुपर्दछ । मानिसले बाँच्नका लागि गरिने गतिविधिलाई नै जीविकोपार्जन भन्छन् । यसका लागि श्रम गर्न स्रोत, साधन, पुँजी र रोजगारीका अवसरहरूको आवश्यकता पर्दछ । ती आवश्यक तŒवहरूमा हुने असमान वितरण र असमान पहुँचको सामाजिक अवस्थालाई असमानता भनिन्छ । यो असमानताको सामाजिक अवस्थाले मानिसको व्यक्तिगत र सामुदायिक पहिचानमा सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक ढङ्गले बहुयामिक प्रभाव पारेको हुन्छ । यो अनुसन्धानात्मक लेख सामाजिक असमानता र यसको
बहुआयामिक प्रभावहरूमध्ये धार्मिक आस्था परिवर्तनमा असमानताले केकस्तो प्रभाव पारेको हुन्छ भन्ने कुरामा केन्द्रित रहेको छ । प्रस्तुत अनुसन्धानको विषयवस्तुसँग सम्बन्धित आवश्यक सङ्ख्यात्मक तथा गुणात्मक तथ्याङ्क सङ्गलन गर्नका लागि मिश्रित विधि अपनाइएको छ । तथ्याङ्कहरू अर्धसंरचित अन्तरवार्ता र अवलोकन विधिबाट सङ्गलन गरिएको छ । अनुसन्धानको नतिजाले के देखाउँछ भने सामाजिक स्तरीकरणको पिँधमा पर्ने व्यक्ति तथा समुदायका मानिसहरू आफ्नो परम्परागत ढङ्गको धार्मिक विश्वास र विचारमा परिवर्तन गरी नयाँ धार्मिक आस्थाप्रति आकर्षित भएको कुरा ३६% घरधुरी इसाई धर्ममा मोडिएको तथ्याङ्कले देखाउँदछ । विभेदपूर्ण सामाजिक व्यवहारमा ऐतिहासिक रूपले अपहेलित हुँदै बहिष्करणमा परेकाले जीविकोपार्जनका विविध अवसरहरूबाट पनि वञ्चित भएका व्यक्ति र समुदायहरू आत्मसम्मान र समानताको खोजीमा धार्मिक आस्थामै परिवर्तन गरेर नयाँ धार्मिक विश्वास सच्चाई, अनुग्रह तथा क्रिश्चियानिटी आदि विभिन्न नामका धार्मिक आस्थाप्रति आकर्षित भएको देखिन्छ । साथै परम्परागत तौरतरिकाको मूल्यमान्यता र रीतिरिवाजहरू तुलनात्मक हिसाबले झन्झटिलो र खर्चिलो हुने र नयाँ धार्मिक विचारधाराको अनुयायी बन्दा चाडबाड र नयाँ वर्ष आदिमा पाइने आर्थिक सहयोगका कारण पनि धार्मिक आस्था परिवर्तन गर्न थालेको कुरा अध्ययनले देखाउँछ ।

Downloads

Download data is not yet available.
Abstract
102
PDF
28

Downloads

Published

2025-07-21

How to Cite

Thapa , L. (2025). असमानताबाट धार्मिक रूपान्तरण तर्फः सामाजिक विभेदले पारेको प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 3(1), 152–159. https://doi.org/10.3126/anweshan.v3i1.81976

Issue

Section

Research Article