सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरू

Authors

  • Shambhu Prasad Khatiwada

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81977

Keywords:

समवेशीकरण, गरिबी, सामाजिक न्याय, नयाँ ज्ञान, विचारका शैलीहरू, शैक्षिक महत्त्व

Abstract

यो अध्ययन सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरूको खोज तथा विश्लेषणमा केन्द्रित रहेको छ । अध्ययनको मुख्य उद्देश्य सामाजिकशास्त्रको ऐतिहासिक विकासक्रम, समकालीन प्रवृत्ति र नयाँ शैक्षिक आवश्यकताको समालोचनात्मक समीक्षा गर्नु रहेको छ । यस अध्ययनले विशेषतः सामाजिकशास्त्र अध्ययनका परम्परागत विषयहरू (जस्तै समाजशास्त्र, राजनीति, इतिहास, भूगोल, अर्थशास्त्र, मानवशास्त्र र मनोविज्ञान) मा देखिएका अन्तर्विषयगत सम्बन्ध र समावेशी दृष्टिकोणको पहिचान गर्न खोजेको छ । यसले अनुसन्धान प्रश्नहरूले नयाँ सन्दर्भमा सामाजिकशास्त्रलाई कसरी समसामयिक, सान्दर्भिक र न्यायपूर्ण बनाउन सकिन्छ भन्ने उत्तर खोजी गरेको छ । त्यो उद्देश्य र प्रश्नहरू सम्बोधन गर्न गुणात्मक अनुसन्धानविधि अपनाइएको छ, जसअन्तर्गत गहन अन्तरवार्ता, लक्षित समूह छलफल, दस्तावेज विश्लेषण आदिलाई प्रमुख उपकरणका रूपमा प्रयोग गरिएको छ । यस क्रममा पाठ्यक्रम, नीति, शैक्षिक सन्दर्भग्रन्थ तथा सैद्धान्तिक लेखहरू अध्ययन गरिएका छन् । अध्ययनबाट प्राप्त निष्कर्षले औपनिवेशिक प्रभावबाट निर्मित युरोपकेन्द्रित दृष्टिकोणहरूले एशियाली र स्थानीय सन्दर्भमा आधारित सामाजिकशास्त्रलाई ओझेलमा पारेको छ । तर पछिल्ला वर्षहरूमा उत्तरऔपनिवेशिक सोच, डिजिटल साक्षरता, समावेशी नीति, र स्थानिक (वैश्विक) दृष्टिकोणको समायोजनले सामाजिकशास्त्र अध्ययनलाई नयाँ दिशा प्रदान गरिरहेको छ । यो प्रवृत्तिले सामाजिकशास्त्र अध्ययनलाई अझ सशक्त, न्यायपूर्ण र परिवर्तनशील ज्ञान प्रणालीका रूपमा स्थापित गर्ने सम्भावना देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
84
PDF
47

Downloads

Published

2025-07-21

How to Cite

Khatiwada, S. P. (2025). सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरू. Samaj Anweshan समाज अन्वेषण, 3(1), 160–173. https://doi.org/10.3126/anweshan.v3i1.81977

Issue

Section

Research Article