वैज्ञानिक समाजवाद र संस्कृति

Authors

  • Shreedhar Gautam

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81979

Keywords:

वर्गसङ्घर्ष, द्वन्द्वात्मक भौतिकवाद, श्रमको अतिरिक्त मूल्य, सङ्क्रमणकाल

Abstract

पुँजीवादी व्यवस्थाले सामन्तवादको जरालाई उखेलेर उदारवादी प्रजातन्त्र ल्याउनु प्रगतिशील घटना भए पनि यसको आफ्नैै वर्गीय सङ्कीर्ण स्वार्थका कारणले गर्दा विज्ञान र प्रविधिले ल्याएको क्रान्तिपछि उत्पन्न परिस्थितिमा पनि संसारभरमै बहुसत्र्यक जनता आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् । यही तथ्यको विश्लेषण गरेर मार्क्स र एङ्केल्स अहिलेसम्मको इतिहास हुनेखाने वर्ग र हुँदा खाने वर्गको सङ्घर्षको गाथा भएकोे निष्कर्षमा पुगे । उनीहरूले प्रतिपादन गरेको साम्यवादी घोषणापत्रले वर्गीय व्यवस्थाको अन्त्य गरेर मात्र विद्यमान सामाजिक, आर्थिक असमानता हटाउन सकिन्छ भन्ने देखाएको छ । यो लेखमा विद्यमान सामाजिक र आर्थिक संरचना भत्काउन किन आवश्यक छ र त्यसपछि आउने व्यवस्था केकस्तो रूपमा भिन्न हुनेछ भन्ने कुरा देखाउने प्रयत्न गरिएको छ । शीर्षकले अङ्गित गरेअनुरूप यो लेख वैज्ञानिक समाजवाद र त्यसअन्तर्गतको संस्कृतिको सीमाभित्र रहनेछ र यसमा माक्र्सवादका अन्य बृहत् पक्षहरू समावेश हुने छैनन् । राजनीतिक अधिकार प्राप्त भए पनि सामाजिक असमानता र आर्थिक विषमता रहँदासम्म किन शोषित वर्गले मुक्ति पाउन सक्दैन भन्ने प्रश्नले यसको समाधान केकसरी गर्न सकिन्छ भन्ने कुरा देखाउने कोसिस गरिएको छ । समाजवादी क्रान्तिपछिको सङ्क्रमणकाल पार गर्दै साम्यवादी चरणमा मात्र अहिलेको समाजका समस्या समाधान हुनेछन्, नयाँ आउने समाजको संस्कृति जनसंस्तिकृ हुनेछ; सबै सांस्तिकृक सङ्घसंस्था र ऐतिहासिक धरोहर आमजनताको पहुँचमा हुनेछन्, तिनीहरू पूर्ण रूपमा जनताको सेवामा प्रयोग गरिने विचारलाई लेखको निचोडका रूपमा देखाइएको छ । लेखको निष्कर्षले आम पाठकको सामाजिक चेतनालाई माथि उठाउन मदत पुग्नेछ भन्ने अभिलााशा लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
89
PDF
41

Downloads

Published

2025-07-21

How to Cite

Gautam, S. (2025). वैज्ञानिक समाजवाद र संस्कृति. Samaj Anweshan समाज अन्वेषण, 3(1), 174–185. https://doi.org/10.3126/anweshan.v3i1.81979

Issue

Section

Research Article