धर्मराज थापाको लोकलयमा आधारित गीतमा समाज र संस्कृति

Authors

  • Ashafal Gautam

Keywords:

गेयात्मक, रागात्मक, लोकजीवन, लोकसंस्कृति, सौन्दर्यात्मक

Abstract

धर्मराज थापाका लोकलयमा आधारित गीतमा अभिव्यक्त समाज र संस्कृतिको निक्र्यौल गर्नु प्रस्तुत अनुसन्धानको मुख्य उद्देश्य रहेको छ । उद्देश्य प्राप्तिका लागि थापाका लोकलयका गीत अध्ययन क्षेत्र, गीतमा अभिव्यक्त समाज र संस्वृmति समस्याका रूपमा आएका छन् । मानव आचरण, व्यवहार र क्रियाकलापबाट संस्कृतिको जन्म हुने भएकाले पूर्वजद्वारा समाजलाई व्यवस्थित बनाउन अपनाइएका विधिविधान हाम्रा संस्कृति हुन् । संस्कृतिलाई उजागर गर्ने प्रमुख माध्यम लोक भएकाले लोकको यथार्थ सुन्ने, सुनाउने, ग्रहण र अवलोकन गर्ने लोकसाहित्यका विधामध्येको लोकगीत क्षेत्रमा केन्द्रित प्रस्तुत जिज्ञासालाई समाज र संस्कृतिका विविध आयामका सापेक्षतामा निराकरण गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाको अध्ययनमा प्राथमिक र द्वितीयक स्रोत सामग्रीबाट प्राप्त तथ्यलाई सूक्ष्म अध्ययन गरिएको अनुसन्धानमा विश्लेषण विधिको उपयोग भएको छ । समाजमा प्रचलित मेलापात, कृषि, व्यापारव्यवसाय, पारिवारिक दिनचर्यालगायतका रीति, चालचलन एवम् व्यवस्थाका समष्टिगत स्वरूपले समाजको वास्तविकतालाई दर्शाउँछन् । संस्कृति मानवजीवनलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने विधि भएकाले संस्वृmतिले साहित्य, कला, सङ्गीत, धर्म–दर्शनका साथै मानवजीवनका आनीबानी, आचारविचार, व्यवहारआदिका विषयलाई समेट्छ । थापाका लोकलयका गीतमा अभिव्यक्त समाज र संस्कृतिको विवेचनाका लागि नमुना सङ्कलन विधिबाट छनोट गरिएका गीतलाई अध्ययनको प्राथमिक स्रोत बनाइएको छ । पुस्तकालयबाट सङ्कलित पुस्तक, पत्रपत्रिका तथा फुटकर आलेखलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरी गीतमा अभिव्यक्त विषयवस्तुप्रति समुदायले बनाएका धारणालाई समेत सूचकका रूपमा लिइएको छ । हाम्रा कार्य व्यवहारका साथै मौलिक संस्कृति ओझेलमा पर्दै परिष्कृत, परिमार्जित हुँदै गरेको अवस्थामा परम्परागत मूल्यमान्यतालाई जीवन्त राख्दै समाजमा विद्यमान सांस्कृतिक महत्त्वको जगेर्नाका लागि थापाका लोकलयका गीत सशक्त माध्यम बनेको आलेखको निष्कर्ष रहेको छ ।

Abstract
80
PDF (Nepali)
0

Downloads

Published

2025-12-18

How to Cite

धर्मराज थापाको लोकलयमा आधारित गीतमा समाज र संस्कृति. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 1-8. https://doi.org/10.3126/anweshan.v3i2.87523

Issue

Section

Research Articles

How to Cite

धर्मराज थापाको लोकलयमा आधारित गीतमा समाज र संस्कृति. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 1-8. https://doi.org/10.3126/anweshan.v3i2.87523