समाजवाद उन्मुख अर्थतन्त्र

Authors

  • Keshab Pudasaini

Keywords:

उदारवाद, दलाल पुँजीवाद, मार्क्सवाद, राष्ट्रिय पुँजीवाद, समाजवाद

Abstract

समाजवाद मूलतः राजनीतिक, आर्थिक प्रणाली हो । खास राजनीतिक आर्थिक प्रणालीले समाजको खास वर्गको प्रतिनिधित्व गर्ने भएकाले समाजवादले पनि समाजको खास वर्गको प्रतिनिधित्व गर्दछ । यसले आफ्नो वर्गको वर्गीय स्वार्थको रक्षा र प्रवर्धन गर्न अरू विपरीत वर्गमाथि शासन गर्दछ । विश्वमा निकै लामो समयदेखि सामाजिक खराबीहरूको अन्त्यको विषयलाई लिएर दार्शनिक तथा राजनीतिक चिन्तन र व्यवहारको क्षेत्रमा निरन्तर विचार विमर्श हुँदै आएको छ । यही विचारविमर्शको क्रममा समाजवादी विचार सिद्धान्त पनि अस्तित्वमा आएको र यस सिद्धान्तलाई कार्यान्वयनको निम्ति विभिन्न किसिमले प्रयास पनि हुँदै आएको छ । विश्वका विभिन्न मुलुकहरूमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न भएका क्रान्तिपछि गठन भएको कम्युनिस्ट सरकारले श्रमजीवी सर्वहारा वर्ग समुदायको अधिनायकत्वअन्तर्गत समाजवादी शासन व्यवस्था स्थापना गरेका छन् भने पुँजीवादी शासन व्यवस्थाअन्तर्गत हुने निर्वाचनमा भाग लिएर सरकारको नेतृत्व गर्न पुगेका राजनीतिक पार्टीहरूले पनि पुँजीपति वर्गको अधिनायकत्वअन्तर्गत पनि समाजवादी व्यवस्था निर्माणको अभ्यास गरेका छन् । समाजवाद सामूहिक हितको वकालत गर्ने र हरेक व्यक्तिलाई समाजको अभिन्न अङ्ग मान्ने सिद्धान्त हो । समाजवाद निर्माणको आधारभूत तत्त्व भनेको समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण नै हो ।

Abstract
84
PDF (Nepali)
0

Downloads

Published

2025-12-18

How to Cite

समाजवाद उन्मुख अर्थतन्त्र. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 9-16. https://doi.org/10.3126/anweshan.v3i2.87526

Issue

Section

Research Articles

How to Cite

समाजवाद उन्मुख अर्थतन्त्र. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 9-16. https://doi.org/10.3126/anweshan.v3i2.87526