प्रादेशिक आधारमा नेपालको सामाजिक र सांस्कृतिक अवस्था

Authors

  • Devi Prasad Paudel

DOI:

https://doi.org/10.3126/anweshan.v3i2.87530

Keywords:

भौगोलिक, भूपरिवेष्ठित, विविधतामा एकता, मूलप्रवाहीकरण

Abstract

यो लेख नेपालका प्रदेशहरूको आधारमा सामाजिक र सांस्कृतिक अवस्थाको विश्लेषणात्मक अध्ययन गर्ने उद्देश्यले तयार पारिएको छ । यो लेखको मूल उद्देश्य सङ्घीय नेपालको स्थापनापछि बनाइएको प्रादेशिक भूगोलका आधारमा सामाजिक तथा सांस्कृतिक अवस्थामा भिन्नता र समानताकोे लेखाजोखा गर्नु रहेको छ । यो लेख वर्णनात्मक तथा गुणात्मक प्रकृतिको छ । यो लेख तयार गर्न विभिन्न स्रोतहरूको सहयोग लिइएको छ । मूलतः द्वितीय स्रोतबाट धेरै सामग्री प्रयोग गरिएको छ । विभिन्न पुस्तक पत्रपत्रिका तथा अन्तर्सञ्जालबाट प्राप्त हुने स्रोत आदिका आधारमा लेख तयार भएको छ । प्रदेशस्तरको सामाजिक र सांस्कृतिक अवस्थाको विश्लेषण गर्न यस्तो अध्ययनको औचित्यता र आवश्यकताको महसुुस गरेर यो लेख तयार पारिएको हो । यस लेखमा प्रादेशिकस्तरको भाषा, संस्कृति, धर्म समाज आदिको अवस्थाका बारेमा विश्लेषण गरिएको छ । सङ्घीय नेपालको स्थापनापछि स्थापित भएका प्रादेशिक भूगोलका आधारमा सामाजिक र सांस्कृतिक अवस्थाको तुलनात्मक अध्ययन गर्दा प्रत्येक प्रदेशमा भिन्नता तथा समानता दुवै प्रकृतिको अवस्था रहेको पाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF (नेपाली)
0

Published

2025-12-18

How to Cite

Paudel, D. P. (2025). प्रादेशिक आधारमा नेपालको सामाजिक र सांस्कृतिक अवस्था. Samaj Anweshan समाज अन्वेषण, 3(2), 26–34. https://doi.org/10.3126/anweshan.v3i2.87530

Issue

Section

Research Articles