‘को अछुत ?’ उपन्यासमा प्रतिरोधी चेतना

Authors

  • Narayan Marasini

DOI:

https://doi.org/10.3126/anweshan.v3i2.87539

Keywords:

सबाल्टर्न, ब्राम्हणवाद, दलित मुक्ति, सङ्गठित विद्रोह, प्रतिरोधी चेतना, आर्य–अनार्य

Abstract

सीमान्तकृत भन्नाले निर्धा, निमुखा, दबिएका, हेपिएका, ओझेलमा परेका र राज्यले प्रदान गर्ने अवसरहरूबाट वञ्चित श्रमिक, सर्वहारा एवम् उत्पीडित वर्गलाई बुझिन्छ । राज्यसत्ताको मूल धारभन्दा बाहिर रहेका वर्ग, समूह, व्यक्तिका दिनचर्यालाई विषय बनाएर लेखिएका साहित्य सीमान्तकृत साहित्य हुन् । सीमान्तकृतको पहिचानको आधार वर्ग, जात, लिङ्ग, क्षेत्र, शिक्षा, राजनीति आदि हुन सक्छ । सन् १९६० को दशकपछि पाश्चात्य साहित्य समालोचनामा देखिएको बहुलवादी चिन्तनसँगै सबाल्टर्नको अवधारणा आएको पाइन्छ । उत्पीडन सबै ठाउँमा एउटै खालको हुँदैन, स्थान सापेक्ष हुन्छ । हाम्रो नेपाली समाजमा वर्गीय, लैङ्गिक, जातिगतलगायतका विभेदको अन्त्य हुन सकेको छैन । राजनीतिले सबाल्टर्नहरूको आवाजलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन । राज्यले पिछडिएका वर्ग र क्षेत्रको उत्थानका निम्ति चालेका कदमहरू प्रभावकारी बन्न सकेका छैनन् । किनारामा रहेका वर्ग सधैँ अरूका लागि माध्यम बनेका छन् । अब समाज विकासमा सीमान्तकृतहरूले खेलेका भूमिकालाई प्रकाशमा ल्याउनुपर्छ, उनीहरूको पहिचान, प्रतिनिधित्व र आवाजको खोजी साहित्य, समालोचनाका माध्यमबाट गरिनुपर्छ भन्ने अभिप्रायसँगै नेपालमा सबाल्र्टन अध्ययनले महत्त्व पाउन थालेको छ र सबाल्टर्न साहित्यको सृजना हुन थालेको छ । नेपाली उपन्यासमा पं. मुक्तिनाथ शर्माको ‘को अछुत ? (२०११) सबाल्टर्न चेतनामा आधारित उपन्यास हो । यसले उत्पीडित महिला एवम् दलितहरूले आफ्नो अधिकारका लागि सङ्गठित रूपमा विद्रोह गर्नुपर्ने आवाज उठाएको छ । उपन्यासमार्फत उपन्यासकारले ब्राम्हणवादको विरोध गर्दै दलितहरूको पहिचान र अस्तिŒवको खोजी गरेका छन् । प्रस्तुत लेखमा दलित एवम् उत्पीडितहरूको मुक्तिको चाहना अभिव्यक्त यस उपन्यासलाई सीमान्तकृतहरूको चेतनाका सापेक्षतामा व्याख्या–विश्लेषणको विषय बनाइएको छ । जातीय समानताका पक्षधर पं. मुक्तिनाथले प्रस्तुत उपन्यासमार्फत दलित वर्गको मुक्तिको चाहना व्यक्त गरेका छन् । प्रस्तुत उपन्यासमा सबाल्टर्न चेतनाको खोजी गर्ने क्रममा यस लेखका लागि पूर्वप्रकाशित समीक्षाहरूको सहयोग लिइएको छ । लेखमा सबाल्टर्न चिन्तनका आधारमा उपन्यासमा प्रयुक्त महिला र दलित पात्रको प्रतिरोधी चेतनाको अध्ययन गरिएको छ । अध्ययनका क्रममा साक्ष्यहरूसहित यस उपन्यासलाई जातीय समता, नारी मुक्ति र दलित उत्थानका लागि सङ्गठित र प्रतिरोधी क्रान्तिको खोजी गरिएको सीमान्तकृत वर्गको चेतनाले युक्त उपन्यास हो भनेर निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (नेपाली)
0

Published

2025-12-18

How to Cite

Marasini, N. (2025). ‘को अछुत ?’ उपन्यासमा प्रतिरोधी चेतना. Samaj Anweshan समाज अन्वेषण, 3(2), 35–42. https://doi.org/10.3126/anweshan.v3i2.87539

Issue

Section

Research Articles