उत्पीडनका स्वरूप र सामाजिक प्रभावहरू
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87545Keywords:
उपरी संरचना, कृषिगणना, संरचनात्मक प्रकार्यवाद, समाजशास्त्रीय अध्ययनAbstract
उत्पीडन भनेको के हो ? उत्पीडनका प्रवृmति केकस्ता छन् ? उत्पीडनका सामान्य प्रभाव भनौँ वा दुष्प्रभावहरू कस्ता छन् ? प्रस्तुत आलेखको उद्देश्य यसको उत्तर खोज्नु हो । सामान्य अर्थमा उत्पीडनको परिभाषा कानुनले पनि दिएको छ भने समाजशास्त्रीय अर्थमा उत्पीडनका बारेमा देशीविदेशी विद्वान्हरूले चर्चा गरेको पाइन्छ । यी आधार अवलम्बन गरेर यो आलेखमा उत्पीडनको बारेमा चर्चा गरिएको छ । अध्ययनबाट प्राप्त निचोडले सबैभन्दा बढी आर्थिक उत्पीडन रहेको देखाएको छ । त्यस सन्दर्भमा आर्थिक उत्पीडनको एउटा स्वरूप गरिबीलाई मानेर त्यसको सेरोफेरोमा नेपालको कृषिक्षेत्र र बेरोजगारीबारे तथ्याङ्क प्रस्तुत गर्दै त्यसको चर्चा गरिएको छ । सामान्यतः उत्पीडनलाई कानुनले सम्बोधन गरेको भए पनि समाजशास्त्रीय दृष्टिकोणबाट उद्घाटन हुने उत्पीडनको अन्तका लागि अन्ततः स्वयम् मानव समाजमा नै जागरण हुन आवश्यक रहेको निष्कर्ष यस आलेखमा प्राप्त भएको छ । मानव समाजमा क्रमशः विभेद, शोषण र उत्पीडनको प्रतिकार गर्ने तथा अन्ततः स्वतन्त्रता, मुक्ति, भ्रातृत्व र समानतातर्फ अघि बढ्ने जन्मजात प्रवृत्ति रहेकाले उत्पीडनको दुष्प्रभावका बारेमा यस आलेखमा चर्चा गरिएको छ ।