राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ को विश्लेषणात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87547Keywords:
स्वचेतना, डाटा, अल्गोरिदम, सुपर एआईAbstract
नेपाल विकासोन्मुख मुलुक हो । हामीले नयाँ प्रविधिसँग समायोजित भएर जान सक्यो भने हाम्रो आर्थिक तथा सामाजिक विकासमा एआइले तीव्र ढङ्गले परिवर्तन ल्याउँछ र नेपाली समाजले नयाँ स्वरूप ग्रहण गर्न सक्छ । हामी सबैको साझा गन्तव्य समृद्ध, शान्त र विकसित नेपाली समाज नै हो । यसका लागि हामी पनि विकसित राष्ट्रकै स्तरमा पुग्न सक्नेमध्येको एउटा महत्त्वपूर्ण मार्ग अहिलेको एआई प्रविधि बलियो माध्यम बन्न सक्छ । यसका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज, बुद्धिजीवी, अध्येता तथा आमजनताले आआफ्नो क्षेत्रबाट एआईको क्षेत्रमा सक्दो र सकारात्मक योगदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो आलेखमा नेपालको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ को विश्लेषणात्मक अध्ययन गरिएको छ ।