लङ्गडाको साथी उपन्यासमा सामाजिक यथार्थ

Authors

  • Mahanand Joshi

Keywords:

सामाजिकता, वर्गीय जीवन, वस्तुवादी चेतना

Abstract

प्रस्तुत आलेख लङ्गडाको साथी उपन्यासमा सामाजिक यथार्थको अध्ययनमा आधारित छ । यस अनुसन्धेय लेखमा प्रस्तुत उपन्यासलाई मुख्य विश्लेष्य सामग्रीका रूपमा चयन गरेर यस कृतिमा सामाजिक यथार्थको अभिव्यक्ति केकसरी भएको छ भन्ने प्रश्नमा केन्द्रित रहेर त्यसैको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । सङ्कलित सामग्रीहरूको विश्लेषण सामाजिक यथार्थवादी सिद्धान्तमा आधारित सामाजिकता, वर्गीय जीवन, सङ्कटग्रस्त जीवन, समकालीन सन्दर्भ, वस्तुवादी चेतनाजस्ता मान्यतामा टेवmेर विश्लेषणको ढाँचाअनुरूप विश्लेष्य उपन्यासको व्याख्या विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यस उपन्यासमा महाकाल बाबाको मन्दिर छेउमा बासस्थल बनाएको सधैँ दुइटा काठको सहायताले घस्रेर मागी खाने एउटा लङ्गडालाई विषयवस्तु बनाएर उपन्यासमा उसैको जीवनको यथार्थ चित्रण गरिएको छ । यस उपन्यासको मूल र केन्द्रीय पात्र लङ्गडाको जीवनमा घटेका दुःखद घटनालाई कारुणिक रूपमा प्रस्तुत गरिएको छ र मानवमा मानवीय गुण क्रमशः ह्रास हुँदै गएको अवस्थाप्रति औँला ठड्याउँदै सबैमा मानवीय गुणको खाँचो रहेको कुराप्रति विशेष जोड दिइएको छ । यसरी मुलुकबाहिर (२००४) उपन्यासबाट पहिलोपल्ट नेपाली उपन्यास परम्परामा यथार्थवादी चिन्तन समावेश गर्ने उपन्यासकार बाङ्देलले आफ्नो तेस्रो उपन्यास लङ्गडाको साथी (२००८) मा समेत सामाजिक यथार्थवादी चिन्तनको प्रयोग गरेका छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
85
PDF (Nepali)
0

Downloads

Published

2025-12-18

How to Cite

लङ्गडाको साथी उपन्यासमा सामाजिक यथार्थ. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 101-111. https://doi.org/10.3126/anweshan.v3i2.87552

Issue

Section

Research Articles

How to Cite

लङ्गडाको साथी उपन्यासमा सामाजिक यथार्थ. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(2), 101-111. https://doi.org/10.3126/anweshan.v3i2.87552