बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा स्थानीय समुदायः सहभागिता र उपलब्धि

Authors

  • Yubaraj Kandel

DOI:

https://doi.org/10.3126/anweshan.v3i2.87554

Keywords:

उत्खनन, उपवन, असहमति, जनसहभागिता, पर्यटन

Abstract

गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालको ऐतिहासिक, पुरातात्त्विक स्थल मात्र नभएर विश्वभरिका शान्तिप्रिय मानिस र बौद्ध मार्गीहरूको आस्थाको केन्द्रसमेत हो । लुम्बिनी बुद्धको महापरीनिर्वाणको केही समयपछि नै ओझेलमा पर्न थालेको थियो । लामो समयसम्म गुमनाम रहेको लुम्बिनी विश्वसामु उजागर भएको १३० वर्ष पुगेको छ । लुम्बिनीको स्थान यकिन भएपछि पनि लामो समयसम्म राज्यको ध्यान पुगेको थिएन । त्यस्तो अवस्थामा लुम्बिनीलाई जोगाउने र लुम्बिनी हेर्न आउने विदेशी अध्येता र भिक्षुहरूलाई सहजीकरण गर्ने काम लुम्बिनीका स्थानीय बासिन्दाहरूले गरेका थिए । सन् १९७० को दशकमा लुम्बिनीको विकासका लागि राज्यले अघि सारेको गुरुयोजना कार्यान्वयन गर्दै लुम्बिनीलाई विश्वकै उत्कृष्ट आध्यात्मिक र पर्यटकीय स्थल बनाउनका लागि स्थानीय बासिन्दाहरूले आफ्नो जग्गा दिएर सहयोग गरेका थिए । लुम्बिनीको उत्खनन, विकास, संरक्षण र प्रवर्धनमा स्थानीय बासिन्दाहरूको निरन्तर सहभागिता रहँदै आएको छ । लुम्बिनी विकास कोषअन्तर्गत रोजगारी, स्वरोजगारी र पर्यटन उद्यममा संलग्नताबाट स्थानीय बासिन्दा लुम्बिनीसँग जोडिएका छन् । लुम्बिनीलाई उत्कृष्ट आध्यात्मिक र पर्यटकीय स्थल बनाउनका लागि स्थानीय बासिन्दाको निरन्तर सहभागिता आवश्यक हुन्छ । तर कहिलेकाहीँ विभिन्न कारण लुम्बिनी विकास कोष, स्थानीय सरकार र लुम्बिनी क्षेत्रका बासिन्दाहरूबिचमा द्वन्द्वको अवस्थासमेत देखिने गरेको छ । मेरो यो अध्ययनमा लुम्बिनीका स्थानीय बासिन्दाहरू कसरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएका छन् ? उनीहरूको सहभागिता कुनकुन क्षेत्रमा कसरी रहेको छ र बेलाबखतमा उत्प; हुने द्वन्द्वका कारण के हुन् भन्नेबारेमा केन्द्रित हुनेछ । यसबाट लुम्बिनीको विकासको लागि काम गरिरहेका निकायहरूलाई आफ्ना नीति र कार्यक्रम बनाउन र जनसहभागिता जुटाएर लुम्बिनीको विकास, संरक्षण र प्रवर्धन गर्न महत्त्वपूर्ण सूचना प्राप्त हुनेछ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (नेपाली)
0

Published

2025-12-18

How to Cite

Kandel, Y. (2025). बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा स्थानीय समुदायः सहभागिता र उपलब्धि. Samaj Anweshan समाज अन्वेषण, 3(2), 121–128. https://doi.org/10.3126/anweshan.v3i2.87554

Issue

Section

Research Articles