नेपालको डिजिटल तन्नेरी विद्रोहः सुशासन र संरचनागत सुधारको खोजी

Authors

  • Ram Chandra Baral

DOI:

https://doi.org/10.3126/anweshan.v3i2.87556

Keywords:

दलतन्त्र, भ्रष्टाचार, इबन खाल्दुनको सामाजिक द्वन्द्व सिद्धान्त, ऋषि विश्वामित्र, नैतिक नेतृत्व

Abstract

वि.सं.२०८२ भाद्रको ‘डिजिटल तन्नेरी विद्रोह’ नेपालमा समकालीन सामाजिक–राजनीतिक अस्थिरता र संरचनागत कमजोरीहरू विरुद्धको सशक्त अभिव्यक्ति हो । यसले जनसमुदाय र राजनीतिक संरचनाबिचको असन्तुलीत सम्बन्धलाई उजागर गर्दै दलतन्त्र र भ्रष्टाचारको चुनौतीलाई प्रस्तुत गरेको छ । दलतन्त्रकेन्द्रित सत्ता संरचनाले सुशासनका आधारभूत पिलरहरू—नागरिक खबरदारी, पारदर्शिता र जवाफदेहितालाई कमजोर पारेको र सरकारी मिडिया नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्धले नागरिक स्वतन्त्रता र अभिव्यक्तिको अधिकार हनन भएपछि तन्नेरी पुस्ताले प्रतिरोधको अगुवाइ गरेको छ । तन्नेरी विद्रोहले ३६ घण्टामै नेपालको सत्तामा उलटपुलट ल्याएको र दलीय संरक्षणमा हुने गरेका संस्थागत भ्रष्टाचार विरुद्धमा सुधारिएको शासकीय प्रणाली स्थापनको आशा जगाएको छ । अध्ययनलाई एसियाली दार्शनिक इबन खाल्दुनको सामाजिक द्वन्द्व सिद्धान्त र ऋषि विश्वामित्रको नैतिक नेतृत्व अवधारणासहित नेपालको राजनीतिक–सामाजिक संरचनालाई विश्लेषण गर्न सैद्धान्तिक आधार लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (नेपाली)
0

Published

2025-12-18

How to Cite

Baral, R. C. (2025). नेपालको डिजिटल तन्नेरी विद्रोहः सुशासन र संरचनागत सुधारको खोजी. Samaj Anweshan समाज अन्वेषण, 3(2), 139–149. https://doi.org/10.3126/anweshan.v3i2.87556

Issue

Section

Research Articles