सांस्कृतिक रूपान्तरण र महिला

Authors

  • Amrita Devi Sharma

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95033

Keywords:

उत्पादनसम्बन्ध, पितृसत्ता, मार्क्सवाद, समाजवाद, सांस्कृतिक रूपान्तरण

Abstract

समाजमा रहेका पुराना विचार, भावना, दृष्टिकोण, जीवनशैली, विचारधारालगायतमा अग्रगामी रूपान्तरण हुनु सांस्कृतिक रूपान्तरण हो । संस्कृतिको अस्तित्व मानव
समाजमा मात्र हुने भएकाले यसले समाजमा समयसँगै आउने सामाजिक, आर्थिक, राजनीतिक, मूल्य र जीवनदर्शन तथा व्यवहारमा आउने परिवर्तनलाई जनाउँछ । सांस्कृतिक रूपान्तरण मानिसमा विचारधारात्मक तथा भावनात्मक रूपमा परिवर्तन आएर व्यवहारमा अभिव्यक्त हुनु हो । सांस्कृतिक रूपान्तरण मूल्यमान्यता, आस्था आदर्श, रीतिरिवाज, आनीबानी, विश्वास, विचारधारा, दृष्टिकोण, जीवनपद्धतिलगायतमा आमूल परिवर्तन भई जनवादी संस्कृतिको निर्माण मात्र उन्नत वैज्ञानिक र उच्च विकसित समाजको आधार हो । वर्तमानमा महिला र पुरुषबिचका सबै खालका सांस्कृतिक विभेदको मुख्य आधार सामन्तवादी पुँजीवादी व्यवस्था भएकाले यी व्यवस्थाको समूल अन्त्यले नै सांस्कृतिक रूपान्तरणको आधार तय गर्दछ । पुँजीवादी उत्पादनसम्बन्धको समूल अन्त्य र समाजवादी व्यवस्थाको स्थापनामा मात्र वास्तविक सांस्वृmतिक रूपान्तरण सम्भव हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
5
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

Sharma, A. D. (2026). सांस्कृतिक रूपान्तरण र महिला. Samaj Anweshan समाज अन्वेषण, 7(01), 14–24. https://doi.org/10.3126/anweshan.v7i01.95033