समाज परिवर्तनमा महिला साहित्यकारको योगदान

Authors

  • Ambika Aryal

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95035

Keywords:

उत्पीडन, पहिचान, पलायन, प्रजनन् अधिकार, प्रतिरोधी चेतना, शरीर राजनीति

Abstract

नेपाली साहित्य सौन्दर्यबोध र मनोरञ्जनको साधन मात्र नभएर समाज परिवर्तनको महत्त्वपूर्ण हिस्सा हो । इतिहासका विभि; कालखण्डमा नेपाली साहित्यकारहरूले समाज परिवर्तनमा विविध क्षेत्रबाट योगदान दिँदै आएका छन् । नारीस्रष्टाले सृजनाका माध्यमबाट समाजपरिवर्तनमा केकस्तो योगदान पुर्‍याएका छन् भन्ने जिज्ञासा हालसम्म पनि अद्यावधिकै रहेकाले सोही समस्याको समाधान खोज्ने लक्ष्य यो लेखको रहेको छ । यस अध्ययन नारी लेखनमा देखापरेका प्रवृत्तिहरूसँग सम्बद्ध सैद्धान्तिक अवधारणाका सापेक्षमा कृतिको विश्लेषण गरी ती प्रवृत्तिमार्फत् समाज परिर्वतनमा नारी स्रष्टाले पुर्‍याएको योगदानको निरूपणसँग सम्बद्ध रहेकाले निगमनात्मक प्रवृत्तिको बन्न पुगेको छ । अन्तर्विषयक र गुणात्मक प्रकृतिको यो लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक सामग्री सङ्कलन गरिएको छ । यसमा विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोग गरी सामग्रीको विश्लेषणपश्चात् निष्कर्षको निरूपण गरिएको छ । यस क्रममा यस लेखमा नेपाली महिला साहित्यकारहरूको ऐतिहासिक भूमिका, वैचारिक धार, प्रमुख सृजना र तिनले समाजमा पारेको प्रभावलाई प्राज्ञिक दृष्टिले विश्लेषण गरिएको छ । नारीस्रष्टाले पितृसत्तात्मक संरचनाको विनिर्माण गरी नारीअस्तित्व, स्वाभिमान र पहिचानको स्थापनाका माध्यमबाट लैङ्गिक समानता र कानुनी अधिकारको वकालतसम्बन्धी चेतना विस्तार गरेर समाज परिवर्तनमा मार्गनिर्देशक भूमिका निर्वाह गरेको निष्कर्ष यसमा निकालिएको छ । साथै शरीरराजनीति र प्रजनन अधिकारको साहसी बहस, आर्थिक आत्मनिर्भरता र श्रमको सम्मान, सामाजिक कुरीति र अन्धविश्वासको उन्मूलन, हिंसा र उत्पीडन विरुद्धको प्रतिरोधी स्वर, द्वन्द्व, युद्ध र सङ्क्रमणकालीन न्यायमा भूमिका, पौराणिक मिथकको पुनर्व्याख्या र नवीन भाष्य निर्माण, वैवाहिक दासताको विरोध र व्यक्तिगत स्वतन्त्रता, कार्यस्थलमा हुने विभेदको विरोध र पेसागत सचेतना, वैदेशिक पलायनप्रतिको चिन्ता, राष्ट्रियता र सामाजिक एकतासम्बन्धी वैचारिक धरातल निर्माण र पर्यावरणीय चेतना र दिगो विकासप्रतिको सजगता, वर्गीय असमानताको विरोध, आदर्श प्रेमको मूल्य स्थापना, दार्शनिक र आध्यात्मिक चेतनाको विकासजस्ता पक्षमा वकालत गरी नारी साहित्यले समाज परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्ष यो लेखको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
4
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

Aryal, A. (2026). समाज परिवर्तनमा महिला साहित्यकारको योगदान. Samaj Anweshan समाज अन्वेषण, 7(01), 25–42. https://doi.org/10.3126/anweshan.v7i01.95035