भाषिक संरचनामा महिलाको भूमिका
DOI:
https://doi.org/10.3126/anweshan.v7i01.95038Keywords:
लैङ्गिकता, भिन्नता, न्यूनतम प्रतिक्रिया, मौखिक आक्रमणAbstract
भाषा मानव ज्ञानको सञ्चारको साधन हो । यो मूलतः
ध्वनि, शब्द, वाक्य र सङ्गथन (पाठ) जस्ता अवयवले संरचित
हुन्छ । यस्तो भाषिक संरचनाको संरक्षण र नवपरिवर्तन वा विकासमा महिलाहरूको अहम् भूमिका रहेको हुन्छ ।
परम्परागत पितृसत्तात्मक सोचका कारण उनीहरूको भूमिकालाई ऐतिहासिक रूपमा नै अवमूल्यन गर्दै उनीहरूले
प्रयोग गरेको भाषिक संरचनालाई मानकबाट विचलित र शक्तिहीन मानिदै आइएको छ । यसले महिलाको सञ्चारलाई
सीमान्तवृmत गर्दै भाषिक असमनाता सृजना गरेको छ ।
यसै परिप्रेक्षमा विगतमा भएगरेका अध्ययनका निचोडका आधारमा महिलाहरूको भाषिक संरचनामा रहेको भूमिकाबारे चर्चा गर्नु यो लेखको उद्देश्य हो । मूलतः द्वितीयक
तथ्याङ्कलाई गुणात्मक र सामाजिक–भाषिक दृष्टिकोणका आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषिक भिन्नताको एउटा प्रमुख कारकतŒव भनेको लैङ्गिकता पनि
हो । महिलाको भाषा वा भाषा र लैङ्किकतालाई न्यूनता, प्रभुत्च, भिन्नता, विरोधाभास र गतिशीलता जस्ता विभिन्न दृष्टिकोणबाट विद्वानहरूले हेरेका छन् । मानक भाषाको संरक्षक र नवपरिवर्तनका संवाहकको रूपमा रहे पनि महिलाको भूमिकालाई न्यायोचित मूल्याङ्कन नेपालसहित विश्वमै गर्न सकिएको छैन । महिलाले विशेष अवस्थामा पुरुषले भन्दा फरक भाषिक संरचनाको प्रयोग गरेको पाइन्छ । सामाजिक शक्ति गतिशीलतामा महिलाहरू पछाडि परेका छन् । नेपालको सन्दर्भमा न्यायपूर्ण समाज सृजना गर्नका लागि भाषिक संरचनाको प्रयोगको दृष्टिबाट महिलालाई भेदभाव गर्नु हुँदैन ।