नारीको सामाजिकीकरणको बाधक छाउपडी

Authors

  • Alka Joshi

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95039

Keywords:

पितृसत्तात्मक संरचना, मानव अधिकार, लैङ्गिक असमानता, संरचनात्मक हिंसा, बहिष्करण

Abstract

प्रस्तुत लेख नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित छाउपडी प्रथा र यसले नारीको सामाजिकीकरणमा पार्ने अवरोधहरूको विश्लेषणमा केन्द्रित छ । महिनावारीलाई
‘अशुद्धता’ सँग जोडेर महिलालाई निश्चित समयसम्म सामाजिक, पारिवारिक र सांस्कृतिक क्रियाकलापबाट अलग राख्ने यो प्रथाले महिलाको शारीरिक, मानसिक र
सामाजिक विकासमा गम्भीर असर पुर्‍याउँछ । अध्ययनले गुणात्मक विधि प्रयोग गर्दै उपलब्ध साहित्य, सरकारी प्रतिवेदन र अनुसन्धान प्रतिवेदनहरूको विश्लेषण गरेको
छ । नतिजाअनुसार छाउपडीले केवल स्वास्थ्यमा मात्र नभई महिलाको आत्मविश्वास, शिक्षा, सामाजिक सहभागिता र नेतृत्व क्षमतामा समेत अवरोध सृजना गर्छ । यो प्रथा पितृसत्तात्मक सामाजिक संरचना र धार्मिक मिथकको उपज हो । यसले नारीलाई दोस्रो दर्जाको नागरिकको रूपमा प्रस्तुत गर्न भूमिका खेल्छ । छाउपडी प्रथाका कारण
महिलाले भोग्ने सामाजिक प्रतिबन्धले उनीहरूको दैनिक क्रियाकलाप, सामाजिक सहभागिता, शिक्षा, आर्थिक तथा पेशागत विकास, साथै समग्र सामाजिकीकरणमा प्रत्यक्ष असर पुर्‍याएको छ र महिलाको सामाजिकीकरण प्रक्रिया र आत्मनिर्भरतामा दीर्घकालीन अवरोध सृजना गरेको छ । विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनहरूले महिलामाथि यस किसिमका विभेद हुन नदिने व्यवस्था गरेको छ । यति हुँदा पनि सामाजिक र सांस्वृmतिक मान्यताका कारण कानुनको कार्यान्वयन फितलो भएको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

Joshi, A. (2026). नारीको सामाजिकीकरणको बाधक छाउपडी. Samaj Anweshan समाज अन्वेषण, 7(01), 55–65. https://doi.org/10.3126/anweshan.v7i01.95039