महिला सशक्तीकरणमा पुस्तान्तरणको प्रभाव
DOI:
https://doi.org/10.3126/anweshan.v7i01.95040Keywords:
आत्मनिर्णय, उपलब्धि, संसाधन, सशक्तीकरण, स्वायत्तताAbstract
प्रस्तुत लेखमा महिला सशक्तीकरणलाई बहुआयामिक तरिकाले तीन पुस्ता हजुरआमा, आमा र नातिनी (पहिलो, दोस्रो र तेस्रो पुस्ता) मा अध्ययन गरिएकोे छ । अन्तर्वार्ताका
माध्यमबाट महिलाको आर्थिक, शैक्षिक र निर्णय क्षमताको आधारमा सशक्तीकरणको अवस्थाको प्राथमिक तथ्याङ्क सङ्कलन गरी नायला कबिरको सशक्तीकरण नाप्ने तिनोटा आयाम संसाधन, स्वायक्तता, उपलब्धिमा आधारित भएर अन्तरपुस्तागत विश्लेषण गरिएको छ । अध्ययनले खुलारूपले पहिलो पुस्ताबाट तेस्रो पुस्तामा पुग्दा महिला सशक्तीकरणको
प्रगतिलाई देखाएको छ । अशिक्षित पहिलो पुस्ता, साक्षर र औपचारिक अध्ययन पाएको दोस्रो पुस्ता तथा उच्च अध्ययन गरिरहेका तेस्रो पुस्ताको तथ्याङ्ग हेर्दा शिक्षाले महिलाको आर्थिक अवस्था सुधार गर्न र निर्णय प्रक्रियामा समेत प्रभाव पार्नसक्ने अवस्थाको सिर्जना गरेको छ । शिक्षाकै माध्यमबाट महिलाहरू सशक्तीकरण अभियानमा प्रगति गरिरहेका छन् । आर्थिक अवस्थामा सुधार आउँदैमा निर्णय प्रक्रियामा स्वतन्त्र हुन नसकिने, तर शिक्षित महिलाले आत्मनिर्णयको अधिकार लिन सक्ने/चाहने तथ्य पनि अध्ययनले देखाएको छ । तीन पुस्ताका महिलाहरूको बिचमा सशक्तीकरण प्रभाव सकारात्मक देखिए पनि समाजको संरचनात्मक सुधार हुन नसक्दा, स्रोतसाधनको पहुँचमा असमानता छ जसले पुरुषको तुलनामा अझै पनि महिलाहरू पछाडी परिरहेका छन् । यो तथ्यलाई स्वीकार गर्दै समाजको संरचनात्मक परिवर्तन गरी समानतापूर्ण समाज निर्माणमा अग्रसर हुनुपर्छ । महिला सशक्तीकरण समानता उन्मुख समाजको महत्त्वपूर्ण कदम हो ।