पुँजीवादी व्यवस्थामा शरीर राजनीति

Authors

  • Kumari Lama

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95044

Keywords:

पुँजीवाद, शक्ति, पितृसत्ता, उपभोक्तावाद, शरीर

Abstract

विश्वभर फैलिएको पुँजीवादी आर्थिक व्यवस्था र स्थापित उपभोक्तावादी संस्कृतिको अन्तर्यमा वस्तु उत्पादन, बजार बिस्तार र नाफा आर्जनका प्रक्रियागत कार्यहरू मात्र नभई विभिन्न प्रकारका शरीरहरूमाथिको शक्तिको खेल र राजनीति पनि उत्तिकै सामेल भएको पाइन्छ । विशेषगरी उपभोक्तावादी संस्कृतिमा हरेक शरीर मालकरणकै प्रक्रियामा अघि बढेको देखिन्छ । यहाँ उपभोग गर्नेदेखि उपयोग गरिने शरीरहरू पनि समान रूपमा जटिल पुँजीवादी उपभोक्तावादी जञ्जालमा फसेका हुन्छन् । यसले शरीरमाथि हुने ठुलो चलखेलप्रति सङ्केत गर्दछ । खास गरी माइकल फूकोले औँल्याएको संस्थागत शक्ति (इन्स्टिच्युसनल पावर) भित्रका अनेक सामाजिक संरचनामा स्वेच्छिक रूपमा नै परिरहेका मानिसहरू पुँजीवाद र त्यसकै उत्पादन उपभोक्तावादी चक्रमा पनि फसिरहेका छन् । यसै पृष्ठभूमिमा रहेर यस लेखले शरीर र शक्तिबिचको सम्बन्धका केही आयामहरूबारे मन्थन गर्दै आजको पुँजीवादी र उपभोक्तावादी समाजमा मानव शरीरहरूमाथि के कस्ता राजनीति भएका छन् भनी शरीर शक्ति र समाज, पुँजीवादी समाजमा शरीर, उपभोक्तावादी संस्वृmति र शरीर तथा उपभोक्तावाद र शरीर राजनीतिजस्ता चार विश्लेषणात्मक पर्याधार तयार पारी त्यसैमा रही विश्लेषण गरिएको छ । जसको निम्ति शरीर र शक्तिसम्बन्धी विभिन्न विचारकहरूका सैद्धान्तिक विचार तथा त्यस क्षेत्रमा भएका केही पछिल्ला अध्ययनहरूको सहयोग लिई गुणात्मक विधिबाट विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यो अध्ययनमार्फत आजको पुँजीवादी व्यवस्था र उपभोक्तावादी संस्कृतिमाझ सबै शरीरहरूमाथि प्रभाव परे पनि पितृसत्ता र पुँजीवादको नवीन गठजोडका कारण महिला शरीर भने अत्यधिक दोहनमा परेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-06-01

How to Cite

Lama, K. (2026). पुँजीवादी व्यवस्थामा शरीर राजनीति. Samaj Anweshan समाज अन्वेषण, 7(01), 75–85. https://doi.org/10.3126/anweshan.v7i01.95044