राजनीतिमा भुइँतहबाट उठ्दै आदिवासी जनजाति महिला

Authors

  • Kailash Rai

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95045

Keywords:

समावेशी लोकतन्त्र, राजनीतिक अन्तर्सम्बद्धता, सङ्घीयता, जातीय–लैङ्गिक पहिचान, मुक्कुमलुङ

Abstract

आदिवासी जनजाति महिलाहरूले ‘महिला’ वा ‘आदिवासी’ मात्र नभई बहुपहिचानका कारण दोहोरोतेहेरो उत्पीडन भोग्छन् । तर इतिहास लेखन पुरुषकेन्द्रित भएकाले विशेषगरी जनश्रुतिमा आधारित ज्ञान परम्परा भएका आदिवासी जनजाति महिलाहरूको योगदान पर्याप्त मात्रामा दस्तावेजीकरण नगरिदा उनीहरूको भूमिका अदृश्य सरह छ । यो लेखले नेपालको राजनीतिक रूपान्तरणमा आदिवासी जनजाति महिलाहरूको ओझेलमा पारिएको महत्त्वपूर्ण भूमिका उजागर गर्छ । राणाशासनको अन्त्यदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवलम्बनसम्मको राजनीतिक प्रक्रिया तथा अभ्यासलाई राजनीतिक अन्तरसम्बद्धताको अवधारणाबाट छलफल र विश्लेषण गर्दछ । नेपालको शासन प्रणाली परिवर्तनमा जातीय, लैङ्गिक, वर्गीय, सांस्कृति र भाषिकलगायतका बहुविभेद झेलेका आदिवासी जनजाति महिलाहरूले आन्दोलन, विद्रोह र सक्रिय राजनीतिक सहभागितामार्फत् महत्त्वपूर्ण योगदान दिएका छन् । राणा शासन विरुद्धको सङ्घर्षदेखि वर्तमान सङ्घीय संरचनागत अभ्याससम्म आइपुग्दा सूचना सङ्कलक तथा सम्प्रेषक, सङ्गठक, व्यवस्थापक, लडाकु, प्रशिक्षक, कार्यकर्ता, कलाकार, अभियन्ता, नेतालगायतको बहुआयामिक दायित्व निर्वाह गरेका छन् । सङ्घर्षको क्रममा उनीहरूले आफ्नो पृथक जातीय–लैङ्गिक पहिचानसहित स्वायत्तता, आत्मनिर्णयको अधिकार, समावेशिता, भूमि अधिकार, आदिवासी तथा आदिवासी महिलाको विशिष्ट हकअधिकारहरूको मागदाबी गरे । औपचारिक संरचनाभित्र र बाहिरैबाट पनि राजनीतिक एजेन्टका रूपमा सक्रिय रही उनीहरू समावेशी लोकतन्त्रका सिद्धान्त व्यवहारमा लागु गर्ने/गराउने प्रयास गरिरहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF (Nepali)
1

Downloads

Published

2026-06-01

How to Cite

Rai, K. (2026). राजनीतिमा भुइँतहबाट उठ्दै आदिवासी जनजाति महिला. Samaj Anweshan समाज अन्वेषण, 7(01), 86–98. https://doi.org/10.3126/anweshan.v7i01.95045