नारीपहिचान र प्रतिनिधित्वका दृष्टिले मगर संस्कृति

Authors

  • Pratibha Pun

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95048

Keywords:

नवारनी संस्कार, मेमाजा, रुएँ–रुमेली, सातु छेच्ची, ज्योमारे

Abstract

प्रस्तुत लेख मगर संस्कृतिमा नारीको पहिचान र प्रतिनिधित्वको अवस्थाको अध्ययन तथा विश्लेषणमा केन्द्रित छ । जनसङ्ख्याका हिसाबले मगर जाति नेपालको प्रमुख आदिवासी जनजाति हो । नेपालको कुल जनसङ्ख्यामध्ये तेस्रो तथा आदिवासी जनजातिमध्ये पहिलो स्थान प्राप्त यस मगर जातिको आफ्नै भूगोल, मौलिक भाषा, संस्कृति, परम्परा र सामाजिक संरचना रहेको छ । नेपालका पुराना घना मगर समाजमा मातृसत्तात्मक शासन व्यवस्था रहेको नारीसत्ताको मूल जरो भेटिन्छ । मगर नारीहरू घरपरिवारको व्यवस्थापन, कृषि कार्य, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका पूरा गरेका हुन्छन् । उनीहरूका त्यस्ता भूमिकाहरू मगर जातिका समाजमा प्रचलित विभि; संस्कार–संस्कृतिहरू, प्रथाहरू, चालचलनहरू, रीतिरिवाज, पूजाआजा आदिमा भेटिन्छन् । तर मगर जातिको सिङ्गो पहिचानलाई झल्काउने मगर आकाशको आधा हिस्साका रूपमा रहेका मगर नारीको पहिचान र प्रतिनिधित्वका विषयमा प्राज्ञिक कलम पुग्न सकेको देखिँदैन । सोही विषयलाई यस अध्ययनको मूल समस्याको रूपमा उठान गरिएको छ । प्रस्तुत समस्याको पूर्ति गर्नु नै अध्ययनको मूल उद्देश्य रहेको छ । यस अध्ययनमा विशेष गरी आजको सांस्कृतिक अभ्यास, सामाजिक मान्यता र लैङ्किक विभाजनले मगर नारीको प्रतिनिधित्व र पहिचान निर्माणमा कस्तो प्रभाव पारेको छ भन्ने विषयको खोज र अध्ययन गरिएको छ । मगर जातिका अभौतिक सांस्कृतिक सम्पदाको अध्ययन गरिएको छ । यसका लागि मूलतः पुस्तकालयीय कार्यका साथै आवश्यकताका आधारमा अन्तर्वार्ताका माध्यमबाट पनि सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई सांस्वृmतिक अध्ययनको महत्त्वपूर्ण
पाटो नारी पहिचान र प्रतिनिधित्वका आधारमा मात्र अध्ययन र विश्लेषण गर्नु यस अध्ययनको प्रमुख सीमा हो । प्रस्तुत अध्ययनले हिजो र आजको मगर समाजमा प्रतिविम्बित मगर नारीको पहिचान र प्रतिनिधित्वका बारे बोध गर्न र गराउन सक्ने तथा आगामी अध्ययनका लागि थप मार्ग प्रशस्त गरिदिन सक्ने भएकाले यस अध्ययनले आप्‌mनै खालको महत्त्व बोकेको छ । मगर नारीहरू हिजोको मगर समाजमा महत्त्वपूर्ण योगदान दिन सफल तथा सबल थिए । आज आएर औपचारिक निर्णय र प्रतिनिधित्वका क्षेत्रमा उनीहरूको
स्तर खस्कँदो देखिएकाले समान अवसर प्राप्त गर्न थप ऊर्जाको आवश्यकतारहेको निष्कर्ष निकालिएको छ । यसका साथै नारी सशक्तीकरण, शिक्षा तथा चेतनाको विस्तारले मगर समाजमा नारीको पहिचान र प्रतिनिधित्वलाई अझ सुदृढ बनाउने बलियो सम्भावना खोजी गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-06-01

How to Cite

Pun, P. (2026). नारीपहिचान र प्रतिनिधित्वका दृष्टिले मगर संस्कृति. Samaj Anweshan समाज अन्वेषण, 7(01), 108–117. https://doi.org/10.3126/anweshan.v7i01.95048