साइबर संस्कृति र महिला हिंसा

Authors

  • Sadhana Pant

Keywords:

उत्पीडन, भर्चुअल रियालिटी, साइबर अपराध, सामाजिक सञ्जाल

Abstract

विश्वमा भएको सूचना प्रविधिको विकास तथा भूमण्डकलीकरणको अवधारणासँगै विकसित साइबर संस्कृति वर्तमानमा मानव जीवनको महत्त्वपूर्ण अङ्ग बनिरहेको छ । दैनिक जीवनका विभिन्न पक्षहरूलाई सरल र सहज बनाइरहेको साइबर संस्कृतिभित्र पनि सकारात्मक तथा नकारात्मक दुवै पाटा रहेका छन् । यसभित्र महिला–पुरुष र जुनसुकै उमेर समूहका प्रयोगकर्ता रहेका हुन्छन् । यसो भए पनि यसको नकारात्मक पक्षबाट प्रभावित हुनेमा तुलनात्मक रूपमा महिला बढी देखिन्छन् । साइबर स्पेसका माध्यमबाट हुने गैरकानुनी तथा आपराधिक गतिविधि साइबर अपराध हो । महिलालाई लक्षित गरेर गरिने त्यस्ता गतिविधि जसले महिलालाई मानसिक यातना (कहिलेकाहीँ भौतिक पनि) झेल्न बाध्य पारेको हुन्छ, त्यसलाई साइबरजन्य महिला हिंसा भनिन्छ । वर्तमानमा साइबरजन्य हिंसाबाट कैयौँ महिला तथा किशोरीहरू पीडित भएको अवस्था छ । यसै सन्दर्भमा प्रस्तुत लेख साइबर संस्वृmतिभित्र महिला कसरी उत्पीडित हुन्छन् भन्ने खोजीमा केन्द्रित रहेको छ । साइबर संस्वृmतिबाट महिलाहरूले किन र कस्ता हिंसा खेप्न बाध्य भएका छन् भन्ने समस्याको समाधानका लागि यससँग सम्बन्धित पूर्व अध्ययनहरूलाई आधार बनाइएको छ । पितृसत्तात्मक सामाजिक संरचना र त्यसद्वारा निर्देशित विभेदकारी संस्कृतिका कारण महिलाहरू साइबरजन्य हिंसाको उत्पीडनमा परेको निष्कर्ष पनि यस लेखमा निकालिएको छ । साइबर अपराधको कानुनी उपचारका लागि साइबर कानुन बनेको भए पनि विभिन्न कठिनाइका कारण महिलाहरूले त्यस्तो कानुनी उपचार लिन नसकेको हुँदा साइबरजन्य हिंसा न्यूनीकरणका लागि महिला स्वयम् तथा अन्य सरोकारवाला समेत सचेत हुनुपर्ने निष्कर्ष पनि यस अध्ययनबाट निकालिएको छ ।

Abstract
23
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

साइबर संस्कृति र महिला हिंसा. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 149-159. https://doi.org/10.3126/anweshan.v7i01.95055

How to Cite

साइबर संस्कृति र महिला हिंसा. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 149-159. https://doi.org/10.3126/anweshan.v7i01.95055