सामाजिक विकासमा महिला सहभागिता

Authors

  • Susmita Nepal

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95056

Keywords:

महिला सशक्तीकरण, लैङ्गिकता, समता, समानता, सामाजिक विकास

Abstract

सामाजिक विकासमा महिलाको सहभागिता समाजको प्रगति र समावेशी विकाससँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो । प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपालको सामाजिक विकास प्रक्रियामा महिलाको सहभागिताको अवस्थालाई शिक्षा, आर्थिक गतिविधि, राजनीतिक र स्वास्थ्य क्षेत्रका आधारमा विश्लेषण गरिएको छ । ऐतिहासिक रूपमा पितृसत्तात्मक सामाजिक संरचना, धार्मिक तथा सांस्कृतिक मान्यताहरू, शिक्षा र आर्थिक स्रोतमा सीमित पहुँचजस्ता कारणहरूले महिलाहरूको सहभागिता कमजोर बनेको देखिएको छ । तथापि पछिल्ला दशकहरूमा शिक्षा विस्तार, कानुनी सुधार, सामाजिक चेतना तथा महिला सशक्तीकरण कार्यक्रमहरूको प्रभावले महिलाको सहभागितामा क्रमिक सुधार भए पनि त्यसले समाजिक विकासमा त्यति प्रभावकारी बनाउन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा महिलाहरूको जनसङ्ख्या पुरुषहरूको भन्दा बढी भए पनि साक्षरता दर अझै पुरुषको तुलनामा कम रहेको छ । आर्थिक क्षेत्रमा महिलाहरू कृषि घरेलु उत्पादन र साना उद्यममा सक्रिय भए पनि औपचारिक रोजगारी, वित्तीय स्रोतमा उनीहरूको पहुँच सीमित रहेको छ । राजनीतिक क्षेत्रमा संविधानले समानुपातिक समावेसशी सिद्धान्त र महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि प्रत्यक्ष निर्वाचन र नेतृत्व तहमा महिलाको सहभागिता अपेक्षाकृत न्यून रहेको छ । स्वास्थ्य क्षेत्रमा भने सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका, नर्स र अरू महिला स्वास्थ्यकर्मीहरूको सक्रिय भूमिकाले मातृ र शिशु स्वास्थ्य सुधार, संस्थागत प्रसूति वृद्धि तथा स्वास्थ्य चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ । यो अध्ययनले सामाजिक विकासलाई दिगो तथा समावेशी बनाउन महिलाको शिक्षा, आर्थिक सशक्तीकरण, राजनीतिक सहभागिता तथा स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । राज्यका नीति, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट महिलालाई समान अवसर, अधिकार र स्रोतमा पहुँच प्रदान गर्न सकेमा मात्र लैङ्गिक समानता स्थापना भई समुन्नत र न्यायपूर्ण समाजको निर्माण गर्न समाज विकासमा महिलाको पनि समान सहभागिताको आवश्यक रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-06-01

How to Cite

Nepal, S. (2026). सामाजिक विकासमा महिला सहभागिता. Samaj Anweshan समाज अन्वेषण, 7(01), 160–171. https://doi.org/10.3126/anweshan.v7i01.95056