सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक रूपान्तरणमा नारीको भूमिका

Authors

  • Shanti Bhatta

Keywords:

सांस्कृतिक बहुलता, अभियन्ता, पहिचान, भूगोल

Abstract

भूगोलका दृष्टिले नेपाललाई २०७२ को संविधानमा सात प्रदेशमा विभाजन गरिएको छ । तिनै सात प्रदेशमध्येको एक हो सुदूरपश्चिम प्रदेश । यस प्रदेशको भूगोल हिमाल, पहाड र तराई मिलेर बनेको छ । सुदूरपश्चिमप्रदेश आर्थिक,
सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । यो प्रदेशमा बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, डडेलधुरा, बैतडी,कैलाली र कञ्चनपुर जिल्ला पर्छन् । जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण यस प्रदेशले आप्‌mनो छुट्टै पहिचान बनाएको छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक रूपले सम्पन्न सुदूरपश्चिम प्रदेश सामाजिक एकतामा रमाएको छ । समाजमा बस्ने हरेक व्यक्ति त्यस समाजका गहना हुन् । नारी र पुरुषको संयोजनले सुन्दर समाजको निर्माण हुन्छ । सुन्दर समाजका आप्‌mनै चालचलन, संस्कृति, परम्परा रहेका हुन्छन् । समयक्रमसँगै सामाजिक, सांस्कृतिक परम्परा परिवर्तन हुँदै जान्छन् । समाजका लागि कुनै पक्ष राम्रा हुन्छन् भने कुनै पक्ष नराम्रा पनि हुन्छन् । त्यस्ता पक्षको परिवर्तनमा नारीले खेलेको भूमिका महत्त्वपूर्ण हुन्छ । समाजलाई अघि बढाउन तथा महिला स्वयं सक्षम हुन शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच हुनुपर्छ । महिलाको सहभागिता विना समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक विकास असम्भव हुन्छ । नारी पुरुषको समान सहभागिताले सुदूरपश्चिम समाजको सामाजिक, सांस्वृmतिक रूपान्तरण सम्भव हुन्छ । विगतमा नारीलाई नीति निर्माणका कुनै पनि तहमा सहभागी नगराउने यो समाजमा शिक्षा, चेतनामा आएको परिवर्तन, छोरीले पनि केही गर्न सक्छिन् भन्ने द्वारिकादेवी ठकुरानीको जीवनबाट पाएको शिक्षाले नारीलाई शिक्षाबाट वञ्चित गरिएको छैन । राजनीतिक क्षेत्रमा पनि महिलाको सहभागिता बढ्न थालेको छ । रोजगारी, उद्योग, व्यवसाय, कृषिकार्य आदि क्षेत्रमा नारी सहभागिता बढेपछि सामाजिक,आर्थिक, सांस्कृतिक रूपान्तरण हुन थालेका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्वृmतिक रूपान्तरणमा नारी सहभागिताको भूमिका केकस्तो छ र त्यसमा कुनकुन पक्षको भूमिका सबल रूपमा देखिएका छन् भन्ने प्रश्नमा आधारित रहेर यो लेख तयार पारिएको हो । लेख तयार पार्नका लागि प्रदेश सरकारका तथ्याङ्कहरू, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्क, निजामती किताबखानाका तथ्याङ्कलाई आधार बनाइएको छ । तिनै विवरण समावेश गरी विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।

Abstract
28
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक रूपान्तरणमा नारीको भूमिका. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 172-180. https://doi.org/10.3126/anweshan.v7i01.95057

How to Cite

सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक रूपान्तरणमा नारीको भूमिका. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 172-180. https://doi.org/10.3126/anweshan.v7i01.95057