समाज, साहित्य र लैङ्गिकताको अन्तर्सम्बन्ध

Authors

  • Shova Kumari Dhungana

Keywords:

पितृसत्ता, पहिचान, यौनिकता, समलिङ्गी, संस्कृति

Abstract

प्रस्तुत अध्ययन समाज, साहित्य र लैङ्गिकताको अन्तर्सम्बन्ध शीर्षकमा केन्द्रित रहेर अध्ययन गरिएको छ । गुणात्मक प्रकृतिको यस अनुसन्धानात्मक लेखमा वर्णनात्मक, विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ । सामान्यतः लिङ्ग र लैङ्गिकता शब्दको अर्थ समान जस्तो देखिन्छ । तर लिङ्गले पुरुष र महिलाको जैविक भिन्नतालाई छुट्याउँछ भने लैङ्गिकताले समाजले निर्धारण गरेका भूमिकालाई जनाउँदछ । नारीवादी आन्दोलनबाट प्रारम्भ भएको लैङ्गिकता सुरुमा महिलाका समस्यासँग मात्र सम्बन्धित भए पनि लैङ्गिक पहिचान तथा शरीर राजनीतिको अवधारणाको प्रारम्भ भएपछि यो महिला, पुरुष र तेस्रो लिङ्गीको समेत समस्याको विषय बनेको पाइन्छ । लैङगिकता जैविक नभएर समाजमा स्थापित भूमिकामा आधारित हुने हुँदा यसको समाज र साहित्यसँग गहिरो अन्तर्सम्बन्ध रहेको हुन्छ । प्रस्तुत अध्ययनमा नेपाली साहित्यमा पितृसत्ताद्वारा नारीमाथि गरिने लैङ्गिक विभेद र उत्पीडनको चित्रण र प्रतिरोधी चेतना कसरी प्रकट भएको छ ? र महिला, पुरुष र तेस्रो लिङ्गी शरीरको निर्मिति, पहिचान र प्रतिरोधको अवस्था समाज र नेपाली साहित्यसँग कसरी अन्तर्सम्बन्धित भएर आएको छ ? जस्ता प्राज्ञिक समस्यामा केन्द्रित भएर समस्याको समाधान खोजिएको छ । छोरी मात्र पाई भनेर पत्नीमाथि सौता हाली कुटपिट गरेर घरबाट निकालिदिनु, नारीलाई भोग्या ठानेर बलात्कार गर्नु, दुर्घटनामा परेर छोराको मृत्यु हँुदा बुहारीलाई छोरा टोकुवी, अपशकुनी भनेर अत्याचार गर्नु, नारीलाई अबला बेसहरा , कठपुतली, भोग्या र सजाउने वस्तु ठानेर महिला शरीरको शोषण र नियन्त्रण गर्नु जस्ता काम पितृसत्ताद्वारा निर्मित समाजबाटै भएको र यसका विरुद्ध लड्नुपर्छ भन्ने प्रतिरोधी चेतना साहियकारहरूले नेपाली साहित्यमा प्रस्तुत गरेर समाज रूपान्तरणमा सहयोग पुर्‍याएको हुनाले समाज, साहित्य र लैङ्गिकताबिच गहिरो अन्तर्सम्बन्ध रहेको निष्कर्ष रहेको छ । पहिचान र शरीर राजनीतिको अवधारणा सांस्कृतिक अध्ययनसँग सम्बन्धित रहेको छ । महिला समलिङ्गी पुरुष समलिङ्गी, तथा परालिङ्गी तेस्रो लिङ्गीका पहिचानका सूचक हुन् । नेपाली साहित्यमा नारीपुरुष र तेस्रो ङ्गिङ्की शरीरमाथि परिवार र समाजले गरेको असहज व्यवहार, उपेक्षा, सामाजिक विभेद र दमनको विरोध गर्दै प्रतिरोधी चेतना प्रकट गरेर लैङ्गिक समविकासमा योगदान पुर्‍याएको पाइन्छ । यसअर्थमा समाज, साहित्य लैङ्गिकताको अभि; अन्तर्सम्बन्ध रहेको छ भन्ने कुरा पुष्टि भएको निर्क्यौल प्रस्तुत अध्ययनले गरेको छ ।

Abstract
24
PDF (Nepali)
0

Downloads

Published

2026-06-01

How to Cite

समाज, साहित्य र लैङ्गिकताको अन्तर्सम्बन्ध. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 181-193. https://doi.org/10.3126/anweshan.v7i01.95059

How to Cite

समाज, साहित्य र लैङ्गिकताको अन्तर्सम्बन्ध. (2026). Samaj Anweshan समाज अन्वेषण, 7(01), 181-193. https://doi.org/10.3126/anweshan.v7i01.95059