रूपन्देही जिल्लामा प्रचलित लोकगीतको अध्ययन

Authors

  • Shalikram Paudyal Butwal Multiple Campus

Abstract

लोकसमुदायमा प्रचलित साहित्य लोकसाहित्य हो । लोकसमुदायमा मौखिक परम्परामा जन्मेको र हुर्केको अलिखित साहित्य नै लोकसाहित्य हो । लोकसाहित्यका विभिन्न विधामध्ये लोकगीत अत्यन्त प्रचलित विधा हो । लुम्बिनी प्रदेशको तराईको जिल्ला रूपन्देहीमा विभिन्न जातजाति र भाषाभाषीका मानिसहरूको बसोबास रहेको छ । यस जिल्लाका आदिबासी थारू र भोजपुरी भाषी समुदाय हुन् भने अन्य नेपाली, मगर, नेवार, गुरुङ जातिको बसोबास यस जिल्लामा निकै पछि मात्र भएको हो  । खास गरी तराईमा औलो रोगको महामारीको नियन्त्रणपछि मात्र यस जिल्लामा पहाडी जिल्लाबाट मानिसहरू बसाइँ सरेर आएको देखिन्छ । त्यसैले यस जिल्लामा प्रचलित थारू र भोजपुरी भाषाको लोकगीत प्राचीन हो भने नेपाली भाषाका लोकगीत पछि मात्र विकसित भएको हो । नेपाली लोकगीतहरू पहाडीमूलका मानिसले बसाइँसराइसँगै ल्याए पनि कतिपय गीतमा स्थानीयताको झलक पनि पाइन्छ । थारू तथा भोजपुरी भाषी समुदायमा प्रचलित संस्कार गीतमा विवाह गीत, रत्यौली गीत, पर्वगीतमा होरी गीत, धार्मिक गीतमा चुड्का, आरती, भक्ति गीत, श्रमगीतमा रोपाईँ गीत, सवनाही गीत, सदाबहार गीतमा झुमरा, गाली गीत आदि विशेषरूपमा प्रचलित रहेका छन् । त्यस्तै नेपाली लोकगीतअन्तर्गत संस्कार गीतमा रत्यौली, विवाहगीत, पर्वगीतमा तीजगीत, देउसी र भैलो गीत, गाइजात्रे गीत, धार्मिक गीतमा भजन, आरती, चुड्का, श्रमगीतमा असारे गीत, सदाबहार गीतमा झ्याउरे, रोइला, ख्याली, चुड्का, सालैजो, बाह्रमासा, दोहोरी, बालगीत आदि विशेषरूपमा प्रचलित रहेका  छन् । यस लेखमा यिनै गीतहरूको सङ्कलन गरी अध्ययन गरिएको छ ।

Abstract
273
pdf
0

Downloads

Published

2021-12-31

How to Cite

रूपन्देही जिल्लामा प्रचलित लोकगीतको अध्ययन. (2021). Butwal Campus Journal, 4(1-2), 147-160. https://doi.org/10.3126/bcj.v4i1-2.45015

Issue

Section

Articles

How to Cite

रूपन्देही जिल्लामा प्रचलित लोकगीतको अध्ययन. (2021). Butwal Campus Journal, 4(1-2), 147-160. https://doi.org/10.3126/bcj.v4i1-2.45015