‘वधशालामा बुद्ध’ कथाको रसभाव

Authors

  • Prem Prasad Tiwari

DOI:

https://doi.org/10.3126/bcj.v4i1-2.45017

Abstract

महेशविव्रम शाहको छापामारको छोरो (२०६३) कथासङ्ग्रहमा सङ्कलित ‘वधशालामा बुद्ध’ कथा युद्धसँग सम्बन्धित रहेको छ । नेपाली जनताले युद्धको वेलामा भोगेका घटनाको प्रस्तुति कथामा दिइएको छ । यस लेखमा मुख्यत पूर्वीय रससिद्धान्तका आधारमा ‘वधशालामा बुद्ध’ कथाको विश्लेषण गरिएको छ । यस लेखमा विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको निरूपण गरी रसाभि व्यक्तिको अवस्थासमेत निरूपण गरिएको छ । यस कथामा वधिक, महनायक, युवक, कैदी तथा वधशालाका अन्य वधिकहरू आलम्बन (पात्रहरू) का रूपमा आएका छन् । त्यस्तै कथामा युद्धबन्दीलाई वध गरिने वधशाला उद्दीपन विभावका रूपमा आएको छ । वधशालामा उपस्थित भएका सबै पात्रहरूद्वारा प्रकट गरिएका कायिक, वाचिक, साŒिवक तथा आहार्य अनुभावहरू नै कथावस्तु बनेका छन् । कथामा उत्साह, क्रोध, शम, विस्मय, भयजस्ता भावहरू अङ्ग र अङ्गीका रूपमा प्रकट भएका छन् । त्यस्तै कथामा निर्वेद, आवेग, श्रम, जडता, उग्रता, मोह, अपस्मार अमर्ष, औत्सुक्य, उन्माद, शङ्का, त्रास, हर्ष, धृति, चिन्ता, तर्कजस्ता सञ्चारी भावहरू प्रकट भएका छन् । कथामा विभाव, अनुभाव, व्यभिचारीभावका माध्यमबाट स्थायीभाव परिपुष्ट बनेको पाइदैन । बरु कथामा भावशान्ति, भावोदय तथा भावशबलताको अवस्था रहेको पाइन्छ । यिनै भावका तहमा कथाको सौन्दर्य प्रकट भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
46
pdf
41

Downloads

Published

2021-12-31

How to Cite

Tiwari, P. P. (2021). ‘वधशालामा बुद्ध’ कथाको रसभाव. Butwal Campus Journal, 4(1-2), 177–190. https://doi.org/10.3126/bcj.v4i1-2.45017

Issue

Section

Articles