‘सहिद’कथामा करुण रस

Authors

  • प्रेमप्रसाद तिवारी Tribhuvan University, Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v5i1.50204

Keywords:

विभाव, अनुभाव, व्यभिचारीभाव, स्थायीभाव, शोक

Abstract

विश्लेष्य लेखमा गुरुप्रसाद मैनालीको ‘सहिद’कथालाई पूर्वीय काव्यशास्त्रीय परम्पराको रस सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा करुण रसको सिद्धान्तका आधारमा ‘सहिद’ कथा के कस्तो रहेको छ भन्ने समस्यासँग सम्बन्धित भई अध्ययनलाई अगाडि बढाइएको छ । लेखको मुख्य समस्या समाधानका लागि विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको पहिचान गरी रस निष्पत्तिको अवस्था निरूपण गरिएको छ । यस लेखमा सोद्देश्यमूलक नमुना छनोट विधिका आधारमा ‘सहिद’ कथा छनोट गरी पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर रस सिद्धान्तका आधारमा सामग्रीको विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा वीरबहादुर, देवता बाबु, म पात्र, धने, राम, डल्ली जस्ता आलम्बन, नेपालको कुनै गाउँ, विराटनगर तथा भारतका गोरखपुरलगायतका सहरलाई उद्दीपन, कायिक, वाचिक, साŒिवक तथा आहार्य अनुभाव र चिन्ता, दैन्य, अश्रु, संशय, ग्लानि, हर्ष, वितर्क, निद्रा, तर्क, मति, औत्सुक्य, स्मृति आदि व्यभिचारीभावद्वारा परिपुष्टि बनेको शोक स्थायीभाव करुण रसका रूपमा अभिव्यक्त भएको छ । प्रस्तुत लेखमा ‘सहिद’ कथामा विभाव, अनुभाव र व्यभिचारीभावबाट परिपुष्ट बनेको शोक स्थायीभाव करुण रसका रूपमा अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
pdf
38

Downloads

Published

2022-12-13

How to Cite

तिवारी प. . (2022). ‘सहिद’कथामा करुण रस. Butwal Campus Journal, 5(1), 234–247. https://doi.org/10.3126/bcj.v5i1.50204

Issue

Section

Articles