साहचर्यात्मक अर्थविश्लेषण पद्धति

Authors

  • सखिशरण सुवेदी Associate Professor, Department of Nepali Literature, Butwal Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/bcj.v6i1.62968

Keywords:

आत्मीकरण, आवृत्ति, वितरण, पूर्वज्ञान, संज्ञानात्मक, अमूर्तता

Abstract

साहचर्यात्मक अर्थविश्लेषण पद्धति संरचनावादी भाषावैज्ञानिक फर्थबाट सुरू भई सिङ्क्लेयरले विस्तृत व्याख्या विश्लेषण गरेको अवधारणा हो । शब्दको अर्थसँग सोझो सम्बन्ध हुँदैन । भाषाका कतिपय शब्दहरू सामान्य रूपबाट हेर्दा उस्तै देखिन्छन्, शब्दगत साहचर्यात्मकता देखिन्छ र प्रयोगका सन्दर्भमा पनि पर्यायवाची शब्दका रूपमा प्रयोग गर्न सकिने लाग्दछ तर तिनीहरू एउटा शब्दसँग जसरी आउन सक्छन् अर्काे शब्दसँग त्यही रूपमा आउन सक्दैनन् । यी शब्दका बिच साहचर्यात्मक सम्बन्ध हुन्छ । यस किसिमको साहचर्यात्मक अर्थ विश्लेषणका लागि वितरणात्मक र संज्ञानात्मक दुई किसिमका पद्धति प्रस्तुत गरिएको छ । सहचर शब्दको वितरणका आधारमा अर्थ विश्लेषण गर्ने पद्धति वितरणात्मक पद्धति हो । यसमा वाक्यमा प्रयुक्त पदहरूको वितरणलाई हेरेर त्यसका आधारमा ती पद र पदावलीको अर्थ विश्लेषण गरिन्छ । संज्ञानात्मक पद्धतिमा शाब्दिक अर्थ जोडेर अर्थको विश्लेषण नगरी त्यसमा व्यक्त भएको तात्पर्य अर्थ हेरिन्छ । यो मानिसको बोध क्षमता र अनुभवमा आधारित हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
15

Downloads

Published

2023-12-31

How to Cite

सुवेदी स. (2023). साहचर्यात्मक अर्थविश्लेषण पद्धति. Butwal Campus Journal, 6(1), 96–104. https://doi.org/10.3126/bcj.v6i1.62968

Issue

Section

Articles