‘संस्कृति’ कथामा प्रभुत्व

Authors

  • प्रदीपप्रसाद ज्ञवाली Assistant Professor, Department of Nepali Literature, Butwal Multiple Campus, Nepal

Keywords:

पितृसत्ता, वर्चस्वशाली, शोषित, सम्भ्रान्त, सामन्तवादी

Abstract

संस्कृति किशन थापा ‘अधीर’ द्वारा लेखिएको पिँढी र प्रभुत्वका दृष्टिले सबल कथा हो । यस अनुसन्धानात्मक लेखमा उक्त कथालाई पाठका रुपमा लिई पिँढी र प्रभुत्व सम्बन्धी विभिन्न मान्यताहरू मध्ये वर्गीय प्रभुत्व र लैङ्गिक प्रभुत्वलाई मुख्य सैद्धान्तिक ढाँचा बनाएर अध्ययन गरी यसको अर्थ निक्र्योल गरिएको  छ । यस कथामा रहेका वर्गीय र लैङ्गिक प्रभुत्व सम्बन्धी विभिन्न पक्षहरू पहिल्याउनु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ ।  यो कथा नेपालको सामन्तवादी सामाजिक पृष्ठभूमिमा लेखिएको छ । यसमा वर्चस्वशाली, अधीनस्थ र उदीयमान पिँढीको उपस्थिति रहेको देखिन्छ । नेपाली समाजमा जानकीदासजस्ता सम्भ्रान्त प्रभुत्वशाली वर्गले आर्थिक प्रभुत्व मात्र होइन सांस्कृतिक प्रभुत्व समेत कायम राखिराख्न र अर्को पिँढीलाई अधीनस्थ बनाइराख्न प्रयासरत हुन्छन् भन्ने कुरा व्यक्त गरिएको छ ।  उनीहरूले यस्तो कार्य बल प्रयोग गरेर नभई सन्धी सम्झौताका माध्यमबाट गर्छन्् भन्ने कुरा अभिव्यक्त गरिएको पाइन्छ साथै यस कथामा प्रभुत्वशाली पिँढीको ज्याजतीका विरुद्धमा दोस्रो वा तेस्रो पिँढीले बैकल्पिक बाटो लिन्छ भन्ने कुरालाई पुष्टि गरिएको छ । लैङ्गिक प्रभुत्वको मुख्य स्रोत पितृसत्ता हो र पितृसत्ताले नारीलाई पुरुषको प्यास र थकाइ मेटाउने साधन बनाउन खोजेको छ भन्ने कुरालाई पुष्टि गरी पुरुषवादी हैकमका कारणले नारीहरू वर्गीय तथा लैङ्गिक गरी दोहोरो दमनमा पर्नु परेको कुरा पनि यस कथामा अभिव्यक्त भएको पाइन्छ । नरेले आफ्नी बहिनीलाई बेपत्ता पार्ने मालिक जानकीदासमाथि आक्रमण गरी प्रभुत्वशाली वर्गको दवाव र तनाबका बिचबाट त्यसको समाधान स्वरूप नयाँ चेतनाको निर्माण गरेको छ तर वीरबहादुर र उसका छोराहरू हर्के र बिर्खे वर्गीय दृष्टिले नरे समान छन् तथापि उनीहरूले मालिक जानकीदासको कुत्सित मनसायलाई बुझ्न नसकेर उल्टै नरेमाथि आक्रमण गर्न पुग्छन् । यस कथामा एकातिर प्रभुत्वशाली वर्गबाट श्रमिकहरूले आफू शोषित भएका वा ठगिएका छौँ भन्ने कुरा थाहा पाउँदैनन् बरु उनीहरूकै चाकरीमा तल्लीन हुन्छन् भन्ने कुरा व्यक्त गरिएको छ भने अर्कातिर शक्तिहीन श्रमिकहरूले प्रभुत्वशाली मालिकका विरुद्ध बिद्रोहभाव व्यक्त गरी शक्ति आर्जन गर्ने प्रयासतर्फ उन्मुख भएको कुरा अभिव्यक्त भएको पाइन्छ ।

Abstract
227
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

‘संस्कृति’ कथामा प्रभुत्व . (2023). Butwal Campus Journal, 6(1), 127-134. https://doi.org/10.3126/bcj.v6i1.62978

Issue

Section

Articles

How to Cite

‘संस्कृति’ कथामा प्रभुत्व . (2023). Butwal Campus Journal, 6(1), 127-134. https://doi.org/10.3126/bcj.v6i1.62978