साथ उपन्यासमा सबाल्टर्न

Authors

  • सुभाषचन्द्र न्यौपाने Tribhuvan University

Keywords:

उत्पीडन, किनारीकृत, तिरस्कृत, शोषित, सीमान्तकृत

Abstract

प्रस्तुत लेख उपन्यासकार सरण राईद्वारा लिखित साथ उपन्यासमा सबाल्टर्न पक्षको अध्ययनमा केन्द्रित रहेको छ ।  सबाल्टर्न शब्दले तल्लो दर्जाका व्यक्ति, समुदाय वा समूहलाई जनाउँछ । खास गरी सामान्य वर्ग, लिङ्ग, जाति, उमेर, कार्यगत दर्जा लगायतका अन्य हरेक हिसाबले विभेद गरिएका शोषण र उत्पीडनका सिकार भएका व्यक्ति वा समुदाय नै सबाल्टर्न वर्ग हुन् । प्रस्तुत उपन्यासमा समाज र राज्यबाट बहिष्कारमा परेका, किनारीकृत वर्गका मानिसहरूको कष्टपूर्ण जीवन भोगाइलाई प्रस्तुत गरिएको छ । प्रस्तुत लेखमा यही सबाल्टर्न वर्गको जीवनलाई केकस्तो रूपमा प्रस्तुत गरिएको छ भन्ने विषयलाई व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययन गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार सरण राईको साथ उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा साथ उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका लेख तथा समीक्षाहरू तथा सबाल्टर्न सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सबाल्टर्न सिद्धान्तका आधारमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ ।  राज्यका हरेक क्षेत्रबाट किनारा लगाइएका, तल्लो दर्जाका मानिस भनी बेवास्ता गरिएका आम भुँइ मान्छेहरूको दयनीय, कहाली लाग्दो अवस्था यस उपन्यासमा प्रस्तुत गरिएको हुनाले साथ सबाल्टर्न सिद्धान्तका आधारमा तयार पारिएको तल्लो वर्गको जीवनका कटु सत्य प्रस्तुत गर्ने सबाल्टर्न उपन्यास हो भन्ने निष्कर्ष निकालिएको छ

Abstract
136
pdf
27

Downloads

Published

2024-11-21

Issue

Section

Articles

How to Cite

सुभाषचन्द्र न्यौपाने. (2024). साथ उपन्यासमा सबाल्टर्न. Butwal Campus Journal, 7(1), 32-41. https://doi.org/10.3126/bcj.v7i1.71716