विद्यालय तहमा कविता शिक्षणका विधि र प्रक्रिया

Authors

  • नारायणप्रसाद पन्थ Tribhuvan University

Keywords:

अभिव्यक्ति, कक्षागत स्तर, भाषिक सिप, शिक्षण विधि, सिर्जनात्मक प्रवृत्ति

Abstract

प्रस्तुत लेखको उद्देश्य शिक्षकका धारणाका आधारमा कविता शिक्षणका विधि र प्रक्रियाको पहिचान तथा विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा गरिएको स्थलगत अध्ययनअनुसार उद्देश्यपूर्ण नमुना छनोटका आधारमा रुपन्देही जिल्लाका पाँचओटा विद्यालयमा नेपाली अध्यापन गर्ने दसजना शिक्षक छनोट गरी अर्धसंरचनात्मक अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । यस लेखमा द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूलाई वर्णनात्मक एवम् व्याख्यात्मक ढङ्गले विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार कवितालाई भाषाशिक्षण सिकाइसँग जोडी विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुनेगरी कविता छनोट र स्तरण गर्नुपर्ने देखिन्छ । कविता शिक्षणबाट सिर्जनात्मक एवम् भाषिक सिपको विकास गराउन सकिने भएकाले विद्यालय तहमा शुद्ध उच्चारण, शब्दभण्डारको विकास, सिर्जनात्मक प्रवृत्ति र कल्पना शक्तिको विकास गराउन कविता शिक्षण गरिने हुँदा शिक्षणका क््रmममा कक्षाको परिस्थिति, कविताको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एकभन्दा बढी शिक्षण विधिहरू अँगाल्न सकिन्छ । यस लेखमा कविता शिक्षणका क्रममा गीत वा अभिनय, अर्थबोध, व्याख्या, व्यास वा भाष्य, तुलना, समीक्षा, खण्डान्वय, दण्डान्वय, अभिनय वा नाट्य लगायतका विधिलाई आवश्यकता र विद्यार्थीको स्तरअनुसार उपयोगमा ल्याउन सकिने निचोड निकालिएको छ । प्रस्तुत अध्ययन कविता शिक्षणका क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ता लगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी प्रयोगपरक विश्लेषण गर्न मदत पुग्ने अपेक्षा गरिएको छ ।   

Abstract
223
pdf
0

Downloads

Published

2024-11-21

How to Cite

विद्यालय तहमा कविता शिक्षणका विधि र प्रक्रिया. (2024). Butwal Campus Journal, 7(1), 42-53. https://doi.org/10.3126/bcj.v7i1.71718

Issue

Section

Articles

How to Cite

विद्यालय तहमा कविता शिक्षणका विधि र प्रक्रिया. (2024). Butwal Campus Journal, 7(1), 42-53. https://doi.org/10.3126/bcj.v7i1.71718