साहित्येतिहासको अन्तर्वस्तु निर्माणमा कार्यकारण सम्बन्ध

Authors

  • बालाकृष्ण अधिकारी Tribhuvan University

Keywords:

अन्तर्वस्तु र रूप, कार्यकारण सम्बन्ध, कार्यकारण शृङ्खला,, मूल र सहकारी कारण, घटनावृत्त

Abstract

प्रस्तुत अनुसन्धान लेखमा साहित्येतिहासको अन्तर्वस्तु निर्माणमा कार्यकारण सम्बन्धको भूमिका र महŒवका बारेमा विमर्श गरिएको छ । माक्र्सवादी दर्शनअनुसार साहित्येतिहासका अन्तर्वस्तु र रूपका द्वन्द्वात्मक सम्बन्धको अनुशीलन गरी कार्यकारण सम्बन्धको अवधारणालाई संश्लेषण गर्दै अन्तर्वस्तुका विभिन्न तत्त्वहरूमध्ये कार्यकारण सम्बन्धले घटनावृत्तसँग अत्यन्त नजिकको सम्बन्ध राख्ने हुनाले यस लेखमा साहित्येतिहासका अन्तर्वस्तुनिर्माणको एउटा महत्त्वपूर्ण आधारका रूपमा कार्यकारण सम्बन्धको भूमिका तथा महŒवको विश्लेषण र मूल्याङ्कन गरिएको छ । यस लेखमा प्रस्तावना गरिएका प्राज्ञिक प्रश्नको समाधानका लागि नेपाली साहित्यको इतिहास, नेपाली राजनीतिक इतिहासका साथै प्राकृतिक र दार्शनिक सन्दर्भका तथ्यलाई उपयोग गरिएको छ । मूलतः गुणात्मक र ऐतिहासिक विश्लेषणविधिको अवलम्बन गरिएको यस लेखमा साहित्यको इतिहाससम्बद्ध ऐतिहासिक घटनाका कारणहरूको वस्तुपरक खोजी गरी प्रवृत्तिको स्थिरीकरण र प्रवृत्तिको परिवर्तनमा सामयिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, दार्शनिक आदि कारणहरू जिम्मेवार हुन्छन् र साहित्येतिहासमा त्यस्ता कारणहरूको खोजी गर्ने महत्त्वपूर्ण तत्त्व नै कार्यकारण सम्बन्ध हो भन्ने निष्कर्ष प्राप्त हुन आएको छ ।

Abstract
129
pdf
26

Downloads

Published

2024-11-21

Issue

Section

Articles

How to Cite

बालाकृष्ण अधिकारी. (2024). साहित्येतिहासको अन्तर्वस्तु निर्माणमा कार्यकारण सम्बन्ध. Butwal Campus Journal, 7(1), 54-64. https://doi.org/10.3126/bcj.v7i1.71720