इस्मालीका कथामा अन्तर्वस्तुमा आञ्चलिकता

Authors

Keywords:

अन्तर्वस्तु, कथाञ्चल, स्थानिक परिवेश, निम्न वर्गीय, दाइजो प्रथा

Abstract

प्रस्तुत लेखमा इस्मालीका चलन, गाउँको माया र गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छैन, गरी तीनओटा कथाका अन्तर्वस्तुलाई आञ्चलिकताका दृष्टिले विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेष वा अञ्चलका मौलिक रीतिस्थिति, रहनसहन, चालचलन, संस्कार, संस्कृति आदि यावत् पक्षहरूको अध्ययन गरिन्छ । प्रस्तुत लेखमा आञ्चलिकताको सामान्य परिचय दिँदै वस्तुविश्लेषणका आधारहरूको समेत निर्धारण गरिएको छ । तत्कालीन समाजमा दाइजोको नाममा सामान्य जनताले कसरी घरघडेरी बेच्नु पथ्र्यो भन्ने परिघटना चलन कथामा आएको छ भने गाउँको माया कथामा परिछनजस्ता सोझासाझा तथा इमान्दार मान्छेलाई गाउँका सामन्त वर्गले सधैंभरि कसरी आफ्नो हली बनाएर राख्न खोज्छन् भन्ने कुराको अभिव्यक्ति पाइन्छ । त्यसैगरी गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छैन कथामा २०६३÷०६४ सालमा भएको मधेस आन्दोलनले नेपाली नेपालीका बिच ल्याएको विखण्डनलाई प्रस्तुत गरिएको छ । यस लेखमा यी कथाहरूको विश्लेषण गरेर चेतना तथा शिक्षाको कमीले गर्दा नै गाउँमा यी सबै समस्या आएका हुन् भन्दै तत्स्थानिक सामाजिक परिघटनासँग जोडिएका सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक पक्षहरू इस्मालीका कथामा अन्तर्वस्तुका रूपमा आएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
198
pdf
22

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

भुसाल Bhusal र. . R. (2024). इस्मालीका कथामा अन्तर्वस्तुमा आञ्चलिकता. Butwal Campus Journal, 7(2), 181-191. https://doi.org/10.3126/bcj.v7i2.73238