प्रेम र वीरताका आलोकमा नवयुवक कवितामा देशप्रेम

Authors

  • Keshav Subedi Tribhuvan University

Keywords:

रतिभाव, उत्साह, अनुराग, वीररस, हर्षभाव, गर्वभाव, विस्मयभाव

Abstract

‘नवयुवक’ कवितालाई प्रेम र वीरताका आलोकमा देशप्रेमको विशिष्ट नमुना मान्न सकिन्छ । देशप्रेमको विश्लेषण गर्ने विभिन्न सैद्धान्तिक आधारहरूमध्ये रस सिद्धान्तअन्तर्गतको देशविषयक रतिभाव र वीररस पनि एउटा हो । यही सैद्धान्तिक आधारका आलोकमा हेर्दा ‘नवयुवक’ कवितामा देशप्रेम अभिव्यक्त भएको पाइन्छ । पुस्तकालय कार्यका माध्यमबाट सामग्री सङ्कलन गरी पाठविश्लेषण विधिको प्रयोग गर्दै अध्ययन गरिएको प्रस्तुत लेखमा देशविषयक रतिसँग सम्बद्ध आलम्बन, उद्दीपन र सञ्चारी भावहरूको सम्मिश्रणबाट देशप्रति प्रणयभाव व्यक्त भएको विश्लेषण गरिएको छ भने उत्साह स्थायीभाव भएको वीररसका आलम्बन र उद्दीपन विभाव तथा सञ्चारी भाव जस्ता रसका उपकरणहरूको सशक्त प्रयोगबाट प्रकृतिप्रेम, युवाप्रेम तथा प्रकृतिको परिवर्तनशीलता र मुलुकको परिवर्तनको चाहनाका साथै देशप्रेम प्रेयसीको प्रेमभन्दा उदात्त छ भन्ने निष्कर्ष स्थापित हुन पुगेको छ । यसका लागि रस सिद्धान्तको रति र उत्साह स्थायीभाव भएको वीररसका विभिन्न रससाग्रीहरू पाठभित्र घटित गराई ‘नवयुवक’ कविता देशप्रेमले भरिएको उत्कृष्ट रचना हो भन्ने पुष्टि गरिएको छ ।

Abstract
63
pdf (Nepali)
0

Downloads

Published

2025-10-17

How to Cite

प्रेम र वीरताका आलोकमा नवयुवक कवितामा देशप्रेम. (2025). Butwal Campus Journal, 8(1), 135-140. https://doi.org/10.3126/bcj.v8i1.85531

Issue

Section

Articles

How to Cite

प्रेम र वीरताका आलोकमा नवयुवक कवितामा देशप्रेम. (2025). Butwal Campus Journal, 8(1), 135-140. https://doi.org/10.3126/bcj.v8i1.85531