राजेश्वरी खण्डकाव्यमा वर्णविन्यासवक्रताको प्रयोग

Authors

  • Mukunda Sharma Tribhuvan University
  • Bishnu Maya Pariyar Tribhuvan University

Keywords:

उच्चारणगत, तलनादि वर्णविन्यासवक्रता, प्रतिपादित, व्यवधानयुक्त

Abstract

प्रस्तुत लेखमा माधवप्रसाद घिमिरे (वि.संं.१९७६—२०७८) द्वारा रचित राजेश्वरी खण्डकाव्यलाई ईसाको एघारौं शताब्दीका समालोचक कुन्तकद्वारा प्रतिपादित पूर्वीय साहित्यको वक्रोक्ति सिद्धान्त अन्तर्गत पर्ने वर्णविन्यासवक्रताको पहिचान गर्ने कार्यमा केन्द्रित छ । पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा अध्ययनीय कृतिमा प्रयुक्त वर्णविन्यासवक्रता र तिनले कृतिमा सिर्जना गरेको लय माधुर्य, श्रुतिपेशलता एवम् त्यसबाट झल्किने अर्थ चामत्कारिकता तथा त्यसले उपर्युक्त कृतिमा पारेको प्रभावका विषयमा स्पष्ट्याउने कार्य गरिएको छ । विश्लेषणका लागि उपर्युल्लिखित सामग्रीका अतिरिक्त विभिन्न विद्वान्हरूद्वारा लिखित पुस्तक तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समेत स्रोत सामग्रीका रूपमा उपयोगमा ल्याइएको छ । प्राप्त तथ्यहरूलाई निगमन विधिका आधारमा वर्णविन्यासवक्रताका प्रकारहरूको विश्लेषण गरी आगमन विधिबाट निष्कर्ष निकालिएको छ । विश्लेषणका क्रममा वर्णविन्यासवक्रताअन्तर्गत पर्ने व्यवधानयुक्त वर्णविन्यासवक्रता, ध्वनिताŒिवक उच्चारणगत वर्णविन्यासवक्रता, तलनादि वर्णविन्यासवक्रता, रकारादि वर्णविन्यासवक्रता, व्यवधान विहीन वर्णविन्यासवक्रता र भावानुकूल वर्णविन्यासवक्रता जस्ता बुँदालाई मुख्य आधार बनाइएको छ । यसरी विश्लेषण गर्दा पूर्वीय साहित्यका विद्वान् तथा सिद्धान्तकार कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्त उपयुक्त र सान्दर्भिक छ भन्ने कुरा घिमिरेको राजेश्वरी खण्डकाव्यको विश्लेषणबाट पुष्टि हुन आएको छ ।

Abstract
60
pdf (Nepali)
0

Downloads

Published

2025-10-17

How to Cite

राजेश्वरी खण्डकाव्यमा वर्णविन्यासवक्रताको प्रयोग. (2025). Butwal Campus Journal, 8(1), 171-179. https://doi.org/10.3126/bcj.v8i1.85564

Issue

Section

Articles

How to Cite

राजेश्वरी खण्डकाव्यमा वर्णविन्यासवक्रताको प्रयोग. (2025). Butwal Campus Journal, 8(1), 171-179. https://doi.org/10.3126/bcj.v8i1.85564