माध्यमिक तहका विद्यार्थीको खेलकुद सहभागिता र शैक्षिक उपलब्धिमा प्रभाव

Authors

DOI:

https://doi.org/10.3126/bcj.v8i1.85570

Keywords:

विद्यार्थी, माध्यमिक तह, सहभागिता, शैक्षिक उपलब्धि

Abstract

प्रस्तुत अध्ययनको शीर्षक माध्यमिक तहका विद्यार्थीहरूको खेलकुद सहभागिता र शैक्षिक उपलब्धिमा प्रभाव रहेको छ । यसका मुख्य उद्देश्य खेलकुद शैक्षिक उपलब्धिमा सकारात्मक हुन्छ र चलाख व्यक्तिले खेलकुद तथा शारीरिक क्रियाकलापमा महत्वपुर्ण भुमिका खेल्छन । यो अध्ययन गुणात्मक र विश्लेषणात्मक ढाँचामा आधारित छ । अध्ययनको जनसङ्ख्या रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका भित्रका माध्यमिक विद्यालयका खेल खेल्ने खेलाडीहरू हुन । नमुना छनौट उद्देश्यमूलक विधिको प्रयोग गरी निरन्तर खेलकुदमा सहभागी खेलाडी (४), सम्बन्धित विद्यालयका प्रधानाध्यापक (१) र खेल शिक्षक÷प्रशिक्षक (१) रहेका छन् । असंरचीत प्रश्नावली तथ्याङ्क सङ्कलन सामाग्रीका रूपमा रहेका थिए । छनौटमा परेका जनसङ्ख्यामा उत्तरदाताको नाम गुपचुप (नाम परिवर्तन), पारिबारीक स्वीकृती र सहमतीमा असंरचीत प्रश्नावलीबाट गहन अन्तरवार्ता गरि प्राप्त भएका सुचना, भनाई, घटना, अनुभव, भोगाई र दृष्टिकोणलाई टिपोट र मोबाइलमा रेकर्ड गरिएको थियो । उक्त सङ्कलीत अभिलेखलाई कोडिङ, सङकेतीकरण गरि बिषयगत रूपमा शिक्षा, खेलकुद आधारमानी बिश्लेषण गरीएकोछ । सङ्कलित सुचनाको बिश्लेषणका आधारबाट प्राप्त नतिजा जो व्यक्ति अनुकूल समय मिलायर खेल प्रतिस्पर्धा गर्छन तिनीहरूले खेलखेल्ने क्षमताको विकास गरी उत्कृष्ट परिणाम दिन्छन । नियमित खेल खेल्ने खेलाडीहरूमा समयको ब्यवस्थापन, तालीका निर्माण गरि खेलकुद र पठनपाठनलाई समान गतीमा लगेको पाइयो । खेलमा चतुर खेलाडीको कक्षामा परीक्षाको परिणाम पनि उत्कृष्ट भएको नतिजाले देखाएकोछ । समाजमा नेतृत्वदायी भुमिका बहन गरेका, स्पष्ट बक्ता, सहयोगी, स्वस्थ तन्दुरुस्त, थोरै समयमा धेरै सम्झने, निडर साहासी रहेको अभिलिखित सुचनाबाट प्राप्त भएका छन् । विद्यालय तहबाट नै विद्यार्थीहरूलाई उनीहरूको क्षमता अनुसारका क्रियाकलापमा सहभागी गराउदै जाने वातावरण विद्यालयका शिक्षक र पारिवारिक अभिभावकले मिलाएर हौसला दिन सकेको खण्डमा पढाइ र खेलकुदलाई समान गतिमा बढाउन सकिन्छ । बालकको लगावका आधारमा क्रियाकलापमा ध्यान दिनु जरुरी देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
18
pdf (नेपाली)
12

Published

2025-10-17

How to Cite

Paudyal, T. R. (2025). माध्यमिक तहका विद्यार्थीको खेलकुद सहभागिता र शैक्षिक उपलब्धिमा प्रभाव. Butwal Campus Journal, 8(1), 161–170. https://doi.org/10.3126/bcj.v8i1.85570

Issue

Section

Articles