आफ्नो ठाउँ बालकथासङ्ग्रहमा पर्यावरणीय चेतना

Authors

Keywords:

पारिस्थितिक चेतना, जैविक विविधता, दिगो सहअस्तित्व, वातावरणीय शिक्षा, पारिस्थितिक सन्तुलन

Abstract

प्रस्तुत लेखमा बालसाहित्यलाई मनोरञ्जनात्मक विधिभन्दा पर पर्यावरणीय चेतना विकास गर्ने सशक्त शैक्षिक माध्यमका रूपमा व्याख्या गर्दै कपिल लामिछानेद्वारा रचित आफ्नो ठाउँ बालकथासङ्ग्रहको पर्यावरणीय दृष्टिबाट अध्ययन विश्लेषण गरिएको छ । अध्ययनको मुख्य उद्देश्य आफ्नो ठाउँ सङ्ग्रहका बालकथामा प्रकृति, जैविक विविधता, पारिस्थितिक सन्तुलन, सहअस्तित्व र दिगो जीवनसम्बन्धी चेतना कसरी अभिव्यक्त भएको छ भन्ने पहिचान गर्नु हो । प्रस्तुत लेखमा बालसाहित्य केवल मनोरञ्जनको माध्यम मात्र नभई वातावरणीय शिक्षा र पारिस्थितिक चेतनाको सशक्त प्रवाहक हुन सक्ने कुराको विश्लेषण गरिएको छ । वृक्ष बिरुवा, चराचुरुङ्गी, सिमसार, मौसमी परिवर्तन जस्ता प्राकृतिक तŒवहरू समावेश गरिएका कथाहरू बाल पाठक मात्र होइन समग्र पाठकमा जैविक विविधता, पारिस्थितिक सन्तुलन, सहजीवन र दिगो सहअस्तित्वका मूल्यहरू स्थापित गर्न सक्षम हुन्छन् । कपिल लामिछानेको आफ्नो ठाउँ बालकथासङ्ग्रहका बालकथाको कथानक, पात्र अन्तरक्रिया, संवाद र घटनाक्रमहरूको गुणात्मक सामग्री विश्लेषण गरेर कथामा अभिव्यक्त पर्यावरणीय सन्देशलाई उजागर गर्ने प्रयास गरिएको छ । यसका लागि सामूहिक क्रिया सिद्धान्त (Collective Action Theory) र पारिस्थितिक दृष्टिकोण (Ecological perspective) अपनाइएको छ । आफ्नो ठाउँ बालकथासङ्ग्रहका बालकथामा वृक्ष पिपल, चराहरू, पोखरी वा सिमसार, जल सूत्र र मानिसहरूबिच घनिष्ठ अन्तरनिर्भरता चित्रण गरिएको छ । प्राकृतिक कीट नियन्त्रण, सिँचाइ, सिमसार पुनर्जीवन, मौसमी अनुकूलन, प्रजातिगत भूमिकाका उद्देश्य, सङ्कटको सामना र त्यसको सामूहिक समाधान जस्ता विषयहरू कथामा आएका छन् । वातावरणीय सङ्कट देखा पर्दा कथाका पात्रहरूले भावनात्मक सद्भाव, सहकार्य र नवप्रवर्तनमार्फत समस्या समाधान गरेका छन्, यसले पारिस्थितिक पुनरुद्घार (Ecological Restoration)  र दिगो सहअस्तित्वलाई प्रस्तुत गरेको छ । यस लेखका माध्यमबाट प्रकृति केन्द्रित बालकथा बालबालिकामा मात्र होइन ठुला पाठक समूहमा समेत सामाजिक तथा पर्यावरणीय चेतना जगाउन सक्ने महत्त्वपूर्ण माध्यम हो र यस्ता कथाहरूले प्रकृतिकै हिस्सा हौँ भन्ने भावनात्मक र बौद्धिक अनुभव जगाइदिन्छन्, जसले दीर्घकालीन दिगोपन र जैविक विविधता संरक्षणतर्फको सोच बलियो बनाउँछ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
83
pdf (Nepali)
0

Downloads

Published

2025-12-28

How to Cite

आफ्नो ठाउँ बालकथासङ्ग्रहमा पर्यावरणीय चेतना. (2025). Butwal Campus Journal, 8(2), 99-110. https://doi.org/10.3126/bcj.v8i2.88220

Issue

Section

Articles

How to Cite

आफ्नो ठाउँ बालकथासङ्ग्रहमा पर्यावरणीय चेतना. (2025). Butwal Campus Journal, 8(2), 99-110. https://doi.org/10.3126/bcj.v8i2.88220