उत्तरवर्ती नेपाली कवितामा इतिहासपरक अन्तर्विषयकताको पुनर्व्याख्या

Authors

  • Gyanu Adhikari Tribhuvan University

Keywords:

अभिलेखीकरण, किनारीकृत नवइतिहासवाद, पुनर्व्याख्या, बहुविषयक ज्ञान

Abstract

प्रस्तुत आलेखमा इतिहास अन्तर्विषय बनेर आएका केही प्रतिनिधिमूलक उत्तरवर्ती नेपाली कवितालाई पाठका रूपमा लिई ती कवितामा प्रयुक्त इतिहासपरक अन्तर्विषय विषयअन्तर्गत इतिहासको पुनर्व्याख्या अभिव्यञ्जित भएका कविताहरुको विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर अन्तर्विषयकताको निरूपण गरिएको छ । साठीको दशकयता प्रकाशित कविताकृतिभित्र समावेश भएका इतिहाससँग सम्बद्ध प्रतिनिधिमूलक कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त इतिहासको पुनव्र्याख्याको विश्लेषण र मूल्याङ्कन गर्नु यस अनुसन्धान लेखको उद्देश्य हो । अन्तर्विषयक सिद्धान्तका व्याख्याता जुली थम्प्सन क्लेइनको एउटा विषयसँग सम्बद्ध भएर अन्य विषयहरूको प्रवेश हुनु नै अन्तर्विषयकता हो र त्यसले मूल विषयलाई अझ प्रभावकारी बनाउँछ भन्ने सैद्धान्तिक मान्यतालाई आधार बनाई यो लेख सम्पन्न गरिएको छ । यसमा चयनित कविताहरूको विश्लेषणका लागि इतिहासपरकपरक अन्तर्विषयकताका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको छ । त्यसका निम्ति इतिहासपरक अन्तर्विषयकताअन्तर्गत इतिहासको पुनव्र्याख्यालाई अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली कवितामा कविताको मूल विषयसँगै आएको इतिहासपरक अन्तर्विषयकताको प्रयोगले कवितालाई विषयगत व्यापकता र वैचारिक गम्भीरता प्रदान गरेको निष्कर्ष यसमा निकालिएको छ ।

Abstract
63
pdf (Nepali)
0

Downloads

Published

2025-12-28

How to Cite

उत्तरवर्ती नेपाली कवितामा इतिहासपरक अन्तर्विषयकताको पुनर्व्याख्या. (2025). Butwal Campus Journal, 8(2), 111-121. https://doi.org/10.3126/bcj.v8i2.88225

Issue

Section

Articles

How to Cite

उत्तरवर्ती नेपाली कवितामा इतिहासपरक अन्तर्विषयकताको पुनर्व्याख्या. (2025). Butwal Campus Journal, 8(2), 111-121. https://doi.org/10.3126/bcj.v8i2.88225