दिनेश अधिकारीका गीतिरचनामा नादसौन्दर्य

Authors

  • Keshav Subedi Tribhuvan University

Keywords:

त्रिगुण, त्रिवृृत्ति, नादसौन्दर्य, पदसङ्घटना, श्रुतिपेशलता

Abstract

दिनेश अधिकारीका गीतिरचनामा नादसौन्दर्यको गुञ्जन पाइन्छ । नादसौन्दर्यभित्र गीतकारले व्यक्त गर्न खोजेको कथ्य, भाव वा रसानुकूल र औचित्यपूर्ण वर्णहरूको समान र असमान आवृत्तिबाट हुने अनुगुञ्जनले गीतिरचनाको गुणवत्ता उत्कर्षमा पुगेको छ । पूर्वीय साहित्यशास्त्रका शब्दालङ्कार र विशेष गरी अनुप्रास अलङ्कारका भेदोपभेदलाई समग्र रूपमा अन्तर्भाव गरी प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तको वर्णविन्यास वक्रता तथा रस र भावानुकूल वर्णयोजनासँग सम्बद्ध रीति, गुण र वृत्ति जस्ता समग्र वर्णयोजनाजन्य सौन्दर्यसँग आबद्ध समग्र सिद्धान्तलाई नादसौन्दर्यभित्र समेटेर यो आलेख तयार पारिएको छ । आधुनिक नेपाली गीति परम्पराको उत्तरवर्ती चरणका सशक्त गीतकार दिनेश अधिकारीका गायनमा आएका  र नआएका गीतहरू नेपाली श्रोता पाठकहरूका बिचमा अत्यन्त लोकप्रिय छन् र उक्त लोकप्रियताका मूल कारक उनका गीतमा अन्तर्निहित वर्णावृत्तिगत र गुणवृत्तिगत एवम् तज्जन्य भावगत सौन्दर्य हुन् । यिनै विशेषताहरूको संयुक्त नाम नै नादसौन्दर्य हो र यस लेखमा नादसौन्दर्यका दृष्टिले गीतकार दिनेश अधिकारका रचना उत्कृष्ट छन् भन्ने निष्कर्ष निरूपण गरिएको छ ।

Abstract
5
pdf (Nepali)
6

Downloads

Published

2026-06-15

How to Cite

Subedi, K. (2026). दिनेश अधिकारीका गीतिरचनामा नादसौन्दर्य. Butwal Campus Journal, 9(1), 106-116. https://doi.org/10.3126/bcj.v9i1.98859

Issue

Section

Articles

How to Cite

Subedi, K. (2026). दिनेश अधिकारीका गीतिरचनामा नादसौन्दर्य. Butwal Campus Journal, 9(1), 106-116. https://doi.org/10.3126/bcj.v9i1.98859