विधातत्त्वका आधारमा मानव महाकाव्य

Authors

Keywords:

अन्धविश्वास, जहानियाँ, भौतिकवाद, मानवतावाद, विसङ्गति, समतामूलक

Abstract

नेपाली महाकाव्य परम्परामा मोदनाथ प्रश्रितको मानव महाकाव्यको महत्वपूर्ण स्थान रहेको छ । मानव महाकाव्यमा वर्गविभाजित नेपाली समाजको जीवन्त चित्रण छ । यसमा समाजको तल्लो वर्गप्रति सहानुभूति प्रकट गर्न सोही किसिमको विषयवस्तु चयन, कथानक विन्यास, पात्र चयन, परिवेश चित्रण, द्वन्द्व निर्माण, वैचारिक पक्ष, दृष्टिविन्दु चयन, बिम्ब प्रयोग तथा भाषाशैलीको संयोजन गरिएको छ वा छैन भन्नेमा केन्द्रित रही पूर्वीय महाकाव्यीय मान्यताका कसीमा राखेर मानव महाकाव्यको विश्लेषण गरिएको छ । महाकाव्यका प्रमुख तत्व कथानक, पात्र, परिवेश, द्वन्द्व, दृष्टिबिन्दु, विचार, भाषाशैलीका आधारमा विश्लेषण गरी आर्थिक दृष्टिले तल्लो स्तरका श्रमजीवी वर्गमाथि सामान्त वर्गले गरेको शोषणको चर्काे रूपले विरोध गरेको निष्कर्ष निस्कन्छ । मानव महाकाव्यमा शोषक र सामन्त वर्गको प्रताडनका कारण दुःखपूर्ण जीवन व्यतित गर्न बाध्य भएका श्रमजीवी वर्गको चित्रण गरिएको छ । समाजमा हुने, शोषण, दमन र उत्पीडनको विरोध गर्न प्रतिकार गरेर सामाजिक शोषणको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिने विचार कलात्मक भाषाशैलीका माध्यमबाट व्यक्त गरिएको छ ।  

Abstract
3
pdf (Nepali)
4

Downloads

Published

2026-06-15

How to Cite

Subedi, S. S. (2026). विधातत्त्वका आधारमा मानव महाकाव्य . Butwal Campus Journal, 9(1), 117-128. https://doi.org/10.3126/bcj.v9i1.98862

Issue

Section

Articles

How to Cite

Subedi, S. S. (2026). विधातत्त्वका आधारमा मानव महाकाव्य . Butwal Campus Journal, 9(1), 117-128. https://doi.org/10.3126/bcj.v9i1.98862