मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा व्यङ्ग्य
Keywords:
आर्थी व्यञ्जना, प्रतीकात्मक, व्यङ्ग्यात्मक दृष्टि, व्यङ्ग्यार्थ, शाब्दी व्यञ्जनाAbstract
प्रस्तुत लेख कपिल लामिछानेको मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा प्रयुक्त व्याङ्ग्यार्थको अध्ययनमा केन्द्रित रहेको छ । यसमा सङ्गृहीत ५४ ओटै लघुकथालाई प्राथमिक सामग्रीका रूपमा लिई व्यञ्जना शब्दशक्तिका दृष्टिले तिनमा निहित अर्थको खोजी तथा व्याख्याविश्लेषण गरिएको छ । साहित्यिक कृतिमा प्रत्यक्ष कथ्यभन्दा पर निहित व्यङग्यार्थ पहिचान गर्न शाब्दी र आर्थी व्यञ्जनाको सैद्धान्तिक आधारलाई विश्लेषणको प्रमुख आधार बनाइएको छ । विशिष्ट शब्द, पद, शीर्षक, प्रतीक तथा अर्थविस्तारबाट व्यङ्ग्यार्थ निर्माण हुने अवस्थालाई शाब्दी व्यञ्जना र वक्ता, पात्र, प्रसङ्ग, परिस्थिति, चेष्टा तथा घटनासंरचनाबाट व्यङ्ग्यार्थ अभिव्यक्त हुने अवस्थालाई आर्थी व्यञ्जनाका रूपमा ग्रहण गरी कृतिको विश्लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अध्ययन पद्धतिमा आधारित रहेको छ भने लघुकथामा प्रयुक्त शाब्दी तथा आर्थी व्यञ्जनासँग सम्बन्धित सन्दर्भको पाठविश्लेषण गरी तिनबाट अभिव्यक्त सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा नैतिक आशयको उद्घाटन गरिएको छ । अध्ययनबाट मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा शाब्दी व्यञ्जना मुख्यतः विशिष्ट शब्द र शीर्षक प्रयोगमा तथा आर्थी व्यञ्जना पात्रगत व्यवहार, संवाद, प्रसङ्ग, परिस्थिति र घटनासंरचनामा आधारित रहेको निष्कर्ष प्राप्त भएको छ । शाब्दी व्यञ्जनाले व्यङ्ग्यार्थको शब्दगत आधार निर्माण गरे पनि त्यसलाई व्यापक सामाजिक अर्थमा विस्तार गर्ने कार्य आर्थी व्यञ्जनाले गरेको छ । यसबाट सङ्ग्रहका लघुकथामा व्यञ्जना अप्रत्यक्ष अर्थबोधको माध्यम मात्र नभई सामाजिक विकृति, राजनीतिक विसङ्गति, आर्थिक स्वार्थ, नैतिक विचलन तथा मानवीय अन्तर्विरोधमाथि व्यङ्ग्यात्मक दृष्टि सम्प्रेषण गर्ने प्रभावकारी शिल्पका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus