शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी {Differences and weaknesses found in Nepali proverbs from an educational point of view}

Authors

  • मदनराज Madanraj बराल Baral जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी Janata Multiple campus, Itahari, Sunsari

Keywords:

लिङ्गगत, अश्लीलता, जातीय, शिक्षणीय, उखान, समतामूलक

Abstract

परम्परागत तथा सामाजिक रूपले उपयुक्त हुँदाहुँदै पनि कुनै पनि भाषाभित्रका कतिपय कुराहरू औपचारिक रूपमा पठनपाठन गर्नु गराउनु उपयुक्त नहुने खालका हुन्छन् । नेपाली भाषाका सन्दर्भमा तिनै कुरामध्येको एउटा हो–लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला वा उखान । सतही रूपमा हेर्दा यी सामाजिक रूपले उपयुक्त वा सत्यजस्ता लागे पनि कतिपय उखानभित्रको विभेद हेर्दा तिनलाई औपचारिक रूपमा शिक्षण गर्नु उपयुक्त नहुने देखिन्छन् । यिनको प्रयोगले भाषामा उक्तिवैचित्र्य सिर्जना भई प्रभावकारी बोध र अभिव्यक्ति हुन सक्छ त्यसैले यिनको धेरथोर प्रयोग उपयोग उक्त भाषाका प्रयोक्ताहरूले गर्नु आवश्यक हुन्छ । यसका लागि अनौपचारिक सामाजिक प्रयोग अभ्यासका अतिरिक्त औपचारिक शिक्षण सिकाइ पनि अनिवार्य हुन्छ । शिक्षणसिकाइमा प्रयोग गर्ने सन्दर्भमा भने यिनको भाषिक तथा सामाजिक संवेदनशीलतालाई विशेष ख्याल गर्नु पर्दछ । प्रस्तुत लेखको मूल उद्देश्य विद्यालय तथा महाविद्यालयका विभिन्न तह र कक्षा वर्षमा औपचारिक रूपमा पठनपाठन हुने नेपाली उखानहरूमा पाइने सामाजिक विभेद तथा कमजोरीको अध्ययन गर्नु हो । यस लेखमा उखानहरू सङ्कलित विभिन्न कृतिलाई प्राथमिक र तिनको थप व्याख्या विश्लेषण गरिएका कृतिहरूलाई द्वितीयक स्रोत मानी पुस्तकालयबाट अध्ययन गरी सामग्री सङ्कलन गरेर विश्लेषण गरिएको छ । सङ्ख्यात्मक रूपमा बढीबाट घटीमा क्रमशः अश्लीलता, जातीय, लिङ्गगत, अपाङ्गता, उमेर, जेष्ठता, पेसा/व्यवसाय, वर्ग र स्थानसँग सम्बन्धित विभेद रहेको तथ्याङ्कसहित विद्यालय/महाविद्यालय कहीँ पनि यस्ता विभेदकारी र अश्लील उखानहरू शिक्षण गर्न नहुने र गरिएमा समतामूलक समाज निर्माणमा बाधा पुग्न सक्ने निष्कर्ष निकालिएको छ ।

Abstract
397
PDF
0

Author Biography

मदनराज Madanraj बराल Baral, जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी Janata Multiple campus, Itahari, Sunsari

अध्यापक Teaching Assistant

Downloads

Published

2022-08-30

How to Cite

शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी {Differences and weaknesses found in Nepali proverbs from an educational point of view}. (2022). Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 160-170. https://doi.org/10.3126/bdkan.v7i1.47807

Issue

Section

Articles

How to Cite

शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी {Differences and weaknesses found in Nepali proverbs from an educational point of view}. (2022). Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 160-170. https://doi.org/10.3126/bdkan.v7i1.47807