शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी {Differences and weaknesses found in Nepali proverbs from an educational point of view}

Authors

  • मदनराज Madanraj बराल Baral जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी Janata Multiple campus, Itahari, Sunsari

DOI:

https://doi.org/10.3126/bdkan.v7i1.47807

Keywords:

लिङ्गगत, अश्लीलता, जातीय, शिक्षणीय, उखान, समतामूलक

Abstract

परम्परागत तथा सामाजिक रूपले उपयुक्त हुँदाहुँदै पनि कुनै पनि भाषाभित्रका कतिपय कुराहरू औपचारिक रूपमा पठनपाठन गर्नु गराउनु उपयुक्त नहुने खालका हुन्छन् । नेपाली भाषाका सन्दर्भमा तिनै कुरामध्येको एउटा हो–लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला वा उखान । सतही रूपमा हेर्दा यी सामाजिक रूपले उपयुक्त वा सत्यजस्ता लागे पनि कतिपय उखानभित्रको विभेद हेर्दा तिनलाई औपचारिक रूपमा शिक्षण गर्नु उपयुक्त नहुने देखिन्छन् । यिनको प्रयोगले भाषामा उक्तिवैचित्र्य सिर्जना भई प्रभावकारी बोध र अभिव्यक्ति हुन सक्छ त्यसैले यिनको धेरथोर प्रयोग उपयोग उक्त भाषाका प्रयोक्ताहरूले गर्नु आवश्यक हुन्छ । यसका लागि अनौपचारिक सामाजिक प्रयोग अभ्यासका अतिरिक्त औपचारिक शिक्षण सिकाइ पनि अनिवार्य हुन्छ । शिक्षणसिकाइमा प्रयोग गर्ने सन्दर्भमा भने यिनको भाषिक तथा सामाजिक संवेदनशीलतालाई विशेष ख्याल गर्नु पर्दछ । प्रस्तुत लेखको मूल उद्देश्य विद्यालय तथा महाविद्यालयका विभिन्न तह र कक्षा वर्षमा औपचारिक रूपमा पठनपाठन हुने नेपाली उखानहरूमा पाइने सामाजिक विभेद तथा कमजोरीको अध्ययन गर्नु हो । यस लेखमा उखानहरू सङ्कलित विभिन्न कृतिलाई प्राथमिक र तिनको थप व्याख्या विश्लेषण गरिएका कृतिहरूलाई द्वितीयक स्रोत मानी पुस्तकालयबाट अध्ययन गरी सामग्री सङ्कलन गरेर विश्लेषण गरिएको छ । सङ्ख्यात्मक रूपमा बढीबाट घटीमा क्रमशः अश्लीलता, जातीय, लिङ्गगत, अपाङ्गता, उमेर, जेष्ठता, पेसा/व्यवसाय, वर्ग र स्थानसँग सम्बन्धित विभेद रहेको तथ्याङ्कसहित विद्यालय/महाविद्यालय कहीँ पनि यस्ता विभेदकारी र अश्लील उखानहरू शिक्षण गर्न नहुने र गरिएमा समतामूलक समाज निर्माणमा बाधा पुग्न सक्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
194
PDF
95

Author Biography

मदनराज Madanraj बराल Baral, जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी Janata Multiple campus, Itahari, Sunsari

अध्यापक Teaching Assistant

Downloads

Published

2022-08-30

How to Cite

बराल Baral म. M. (2022). शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी {Differences and weaknesses found in Nepali proverbs from an educational point of view}. Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 160–170. https://doi.org/10.3126/bdkan.v7i1.47807

Issue

Section

Articles