मैथिली मातृभाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिप्रति शिक्षकको दृष्टिकोण

Authors

DOI:

https://doi.org/10.3126/bmcrj.v4i1.80145

Keywords:

त्रुटि, व्याकरणिककोटि, भाषिक वातावरण, अभ्यास, अन्तरक्रिया

Abstract

 त्रुटि विश्लेषण सिद्धान्तका आधारमा पहिलो मातृभाषी विद्यार्थीले दोस्रो भाषा सिकाइको क्रममा गर्ने त्रुटि व्याकरणिककोटि र उच्चारणगत त्रुटि क्षेत्रसँग सम्बन्धित रहेको छ । सामुदायिक विद्यालयमा नेपाली विषय अध्यापन गराउने दक्ष र अनुभवी शिक्षकहरूको अन्तर्वार्ताबाट मैथिली मातृभाषी विद्यार्थीहरूलाई नेपाली विषय शिक्षण गर्दा विद्यार्थीहरूले गर्ने त्रुटि पहिचान गरी त्रृटि सुधारका उपाय समेत विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धानमा आधारित उद्देश्यमूलक तरिकाबाट नमुना छनोट गरिएको छ । प्राथमिक स्रोतका रूपमा अनुभवी शिक्षकबाट असंरचित खुल्ला प्रश्नावली निर्माण गरी र केही खुल्ला प्रश्न सोधी स्थलगत अध्ययन विधिबाट अन्तर्वार्ता लिई सामग्री सङ्कलन गरिएको छ । उक्त सामग्रीलाई कोडीकरण गरी थिमेटिक तरिकाबाट विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मैथिली मातृभाषी विद्यार्थीहरूले नेपाली भाषामा व्याकरणिक कोटिगत त्रुटि र उच्चारण गर्दा वर्णगत त्रुटि गरिएको छ । घरपरिवार, साथीभाइको सङगत र सामुदायिक भाषिक वातावरणले प्रत्यक्ष प्रभाव परेको कारण सिकाइमा त्रुटि गर्छन् र त्रुटिले गर्दा उनीहरूको सिकाइ्रप्रतिको रुचि पनि घटेको छ । ती त्रुटिहरू न्यूनीकरण गर्नको निम्ति शुद्ध उच्चारण अभ्यासको आवश्यकता देखिन्छ । उच्चारणमा वर्णगत समस्या, जस्तै ः धर्मलाई धर्म्, विराटनगरलाई विलाटनगर आदि जस्ता समस्या र व्याकरणिककोटिगत समस्याहरूलाई पनि अभ्यासबाट नै निराकरण गर्न सकिन्छ । यी त्रुटिहरू हटाउनको लागि नेपाली भाषिक वातावरणको सिर्जना गरी साहित्यिक अन्तरक्रिया, गोष्ठीमा भाग लिई लेख, रचना र पत्रपत्रिकाहरू अध्ययन गर्नु नितान्त आवश्यक देखिन्छ । यस अध्ययनले दोस्रो भाषा सिकाइको निम्ति अति नै उपयोगी रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
92
PDF
39

Downloads

Published

2025-06-16

How to Cite

Mandal, R. (2025). मैथिली मातृभाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिप्रति शिक्षकको दृष्टिकोण. BMC Research Journal, 4(1), 208–225. https://doi.org/10.3126/bmcrj.v4i1.80145

Issue

Section

Articles