यात्री कवितामा मानवतावाद

Authors

Keywords:

अन्तरात्मा, दुःखीगरिब, देवत्व, निवास, मानवसेवा

Abstract

प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितालाई मानवतावादी सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । प्राथमिक स्रोतका रूपमा देवकोटाको ‘यात्री’ कविता रहेको छ भने मानवतावादको सिद्धान्त निर्माण तथा ‘यात्री’ कविताका बारेमा गरिएका समीक्षा वा टीकाटिप्पणी द्वितीयक स्रोतका सामग्री बनेका छन् । यी दुवै प्रकृतिका सामग्रीको सङ्कलन पुस्तकालय कार्यका माध्यमबाट गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषण मानवतावादी सिद्धान्तका आधारमा गरिएको छ । यस लेखमा कसैको काँधमा चढेर मन्दिर दर्शनका लागि जाँदै गरेको व्यक्तिलाई लक्षित गरी देवत्वको प्राप्ति मन्दिरमा नभई मानवसेवामा हुन्छ भन्ने विषय कुरा बुझाउने सन्दर्भमा कविताका पङ्क्ति आएका छन् भन्ने कुरा उल्लेख गरिएको छ । निःस्वार्थ मानवसेवाबाट नै ईश्वर प्रसन्न हुने भएकाले सबै दुःखीगरिबको सेवामा समर्पित हुनका लागि आम मानव समुदायलाई आह्वान गरिएकाले यस कविताको मूल प्रतिपद्य विषयका रूपमा मानवतावादी चिन्तन नै आएको छ भन्ने कुरा यस लेखमा उल्लेख गरिएको छ । पवित्र भावनाबाट प्रेरित भई गरिएको मानवसेवाबाट प्राप्त हुने सन्तुष्टि अरू कुनै कार्यबाट पाउन सकिँदैन र ईश्वरको स्वरूप भनेकै उदार मानवतावादी चिन्तन हो भन्दै सेवा, सहयोग, उपकार तथा दीनदुःखीका पीडालाई आत्मीकरण गरेर उनीहरूको आत्मा हँसाउने काममा नै सच्चा देवत्वको निवास हुने मूल विचार कवितामा आएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ । दिनानुदिन मानवताविहीन बन्दै गएको मानवसमाजलाई मानवताले भरिपूर्ण मानव शरीर नै पवित्र मन्दिर हो र सच्चा मानवसेवामा नै देवत्व रहने विषय ‘यात्री’ कविताको मूल विचार हो भन्ने विषय व्यक्त गर्नु नै यस लेखको प्राप्ति हो ।

Abstract
191
PDF
0

Downloads

Published

2025-06-16

How to Cite

Tiwari, P. P. (2025). यात्री कवितामा मानवतावाद. BMC Research Journal, 4(1), 226-239. https://doi.org/10.3126/bmcrj.v4i1.80169

Issue

Section

Articles

How to Cite

Tiwari, P. P. (2025). यात्री कवितामा मानवतावाद. BMC Research Journal, 4(1), 226-239. https://doi.org/10.3126/bmcrj.v4i1.80169