संवादात्मक र सहकार्यात्मक सिद्धान्तको अवधारणा
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80170Keywords:
गुणोक्ति, परिमाणोक्ति, व्यवहारोक्ति, सम्बन्धोक्ति, संवादात्मकAbstract
प्रस्तुत लेखमा संवादात्मक र सहकार्यात्मक सिद्धान्त अवधारणालाई अध्ययन गरिएको छ । यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । गुणात्मक ढाँचामा आधारित रहेको यस लेखमा विभिन्न उदाहरणका माध्यमबाट संवादात्मक र सहकार्यात्मक सिद्धान्त र त्यसको अवधारणालाई स्पष्ट पारिएको छ । ग्राइसको संवादात्मक सिद्धान्तले संवादका व्रmममा सहभागी हुने वक्ता र श्रोता बिचको सम्बन्ध र सहभागिताको अध्ययन गर्छ । त्यस्तै संवादका व्रmममा संवादलाई सफल बनाउन सहभागी दुवैको पारस्परिक सहयोग र सहकार्यको अध्ययन सहकार्यात्मक सिद्धान्तले गर्दछ । संवादका व्रmममा एकअर्कामा सहयोग नभएमा संवाद सफल नहुने र सहयोग भएमा संवाद सफल हुने ग्राइसको धारणा रहेको छ । संवाद सफल हुन वक्ता र श्रोतामा कतैबाट पनि आघात हुन नहुने मान्यता राख्दै ग्राइसले गुणोक्त्ति परिमाणोक्ति, सम्बन्धोक्ति र व्यवहारोक्ति गरी चार किसिमका उक्ति तथा मान्यताको चर्चा गरेका छन् । ग्राइसले प्रस्तुत गरेका यी उक्ति वा मान्यताको पालना भएमा संवाद आदर्श र प्रभावकारी हुने एवम् पालना नभएमा संवाद अविश्वसनीय हुने कुराको विभिन्न दृष्टान्तका माध्यमबाट पुष्टि गर्देै संवादमा वक्ता र श्रोताको योगदान र भूमिका कति, कस्तो र कुन रूपमा हुनुपर्छ भन्ने कुरा यसै सिद्धान्तबाट जानकारी लिन सकिने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.