थैले खत्रीको इतिहास कथामा अनुभूतिको संरचना

Authors

Keywords:

अधीनस्थ, उदीयमान, पिँढी, प्रभुत्व, संस्कृति

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख साहित्यको समाजशास्त्रीय अध्ययनको प्रमुख मान्यताका रूपमा रहेको रेमन्ड विलियम्सको अनुभूतिको संरचनाका आधारमा कथाकार प्रदीप नेपालको ‘थैले खत्रीको इतिहास’ कथाको विश्लेषण गरिएको छ । समाजशास्त्रीय अध्ययनका लागि उपयुक्त रहेको कथाकार प्रदीप नेपालको ‘थैले खत्रीको इतिहास’ कथालाई विश्लेष्य सामग्रीको रूपमा प्रस्तुत गर्दै कथामा प्रस्तुत पिँढी र प्रभुत्वको अध्ययन गरिएको छ । प्रस्तुत कथामा केकस्तो पिँढी र प्रभुत्व छ र कथामा कसरी अनुभूतिको विशिष्ट संरचना निर्माण हुनपुगेको छ भन्ने सन्दर्भलाई सैद्धान्तिक आधारबाट विश्लेषण गरिएको छ । कथाकार प्रदीप नेपालको यस कथालाई अन्य विभिन्न समाजशास्त्रीय मान्यताका आधारमा अध्ययन गर्न सकिने भए तापनि यस लेखमा रेमन्ड विलियम्सको साहित्यको समाजशास्त्रीय अध्ययनको केन्द्रीय मान्यताका रूपमा रहेको सांस्कृतिक भौतिकवादमा आधारित अनुभूतिको संरचनाका आधारमा मात्र विश्लेषण गरिएको छ । सोद्देश्य नमुना छनौटका आधारमा अनुभूतिको संरचनाको प्रधानता भएको ‘थैले खत्रीको इतिहास’ कथालाईप्रस्तुत गरिएको छ भने कथाविश्लेषणका लागि पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । कथाका साक्ष्यका आधारमा  प्रस्तुत कथा अनुभूतिको संरचनाका दृष्टिले सफल रहेको  छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
151
PDF
0

Downloads

Published

2025-06-16

How to Cite

Joshi, H. (2025). थैले खत्रीको इतिहास कथामा अनुभूतिको संरचना. BMC Research Journal, 4(1), 251-266. https://doi.org/10.3126/bmcrj.v4i1.80171

Issue

Section

Articles

How to Cite

Joshi, H. (2025). थैले खत्रीको इतिहास कथामा अनुभूतिको संरचना. BMC Research Journal, 4(1), 251-266. https://doi.org/10.3126/bmcrj.v4i1.80171