माध्यमिक तहका विद्यार्थीहरुको निमन्त्रणापत्र लेखन क्षमता
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80172Keywords:
शिक्षण, निमन्त्रणा, व्यावहारिक, परीक्षण, अनुसन्धेयAbstract
नेपालको शैक्षिक संरचना अनुरुप माध्यमिक तह विद्यालय तह हो । कक्षा ९ देखि कक्षा १२ सम्मको कक्षागत तहलाई माध्यमिक तह भनिन्छ । कक्षा १० उत्तीर्ण भएपछि एस.इ.इ. ( सेकेन्डरी एजुकेसन इग्जामाइनेसन ) को परीक्षा हुने गर्दछ । यस परीक्षामा उत्तीर्ण भएपछि कक्षा ११ मा अध्ययन गर्न पाइन्छ । यस अध्ययनमा कक्षा १० लाई केन्द्रविन्दुमा राख्दै एस.इ.इ.को परीक्षा दिन तयारी अवस्थामा रहेका विद्यार्थीहरुको निमन्त्रणा पत्र लेखन क्षमता के कस्तो छ ? उनीहरुमा देखापरेका निमन्त्रणा पत्र लेखनका मूलभूत समस्याहरु के के छन् ? समस्या समाधान के कसरी गर्न सकिन्छ ?भन्ने जिज्ञासा एवम् अनुसन्धेय प्रश्नमा आधारित भई माध्यमिक तहका विद्यार्थीहरुको निमन्त्रणा पत्र लेखन क्षमताको पहिचान गर्नु, लेखनमा आइपरेका समस्याहरु उल्लेख गर्नु, समस्या समाधानका उपाय सुझाउनु जस्ता उद्देश्यमा यो अध्ययन केन्द्रित रहेको छ ।स्रोत सामग्री संकलन पद्धति पुस्तकालयीय हो भने क्षेत्रगत अध्ययन विधि अवलम्बन गरिएको छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाका ४ वटा सामुदायिक माध्यमिक विद्यालयका ११० जना विद्यार्थीहरु नमुनाका रुपमा रहेकाछन् । ११० जना विद्यार्थीहरुमा निमन्त्रणा पत्र लेखन क्षमताको प्रश्नावलीका सहायताबाट परीक्षण गरी निमन्त्रणा पत्र लेखनको प्रत्येक विद्यार्थीको विश्लेषण गरी क्षमतालाई प्रतिशतमा राखिएको छ । यसले जुम्ला जिल्लाका चन्दननाथ नगरपालिकाका माध्यमिक तहका कक्षा १० का विद्यार्थीहरुको निमन्त्रणा पत्र लेखन क्षमताको पहिचान, लेखन क्षमतामा देखिएका समस्या, र समाधानका लागि सुझाव पेश गरिएको छ । शिक्षण सिकाइमा केन्द्रित यस अनुसन्धानात्मक लेखले निमन्त्रणा पत्र लेखन क्षमताको अवस्था, शिक्षण सिकाइ सिद्घान्त र प्रयोग निर्माणमा मद्दत गर्नेछ
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.