आठहजार क्षेत्रका टप्पा गीतमा अर्थालङ्कार

Authors

DOI:

https://doi.org/10.3126/bmcrj.v5i1.95766

Keywords:

टप्पा, सिँगारु, पुर्सुङ्गे, अर्थालङ्कार, एकरेखीय

Abstract

आठहजार क्षेत्रको टप्पा नाचमा पुर्सुङ्ङेले सिँगारुलाई टपक्क टिपेर मादल, ट्याम्को र बाँसुरीको तालमा नचाएको पाइन्छ । यस नाचमा गाइने डाँरादाइ टप्पा, स्यालदाइ टप्पा र रिमाली टप्पा गीतहरू यहाँ प्रचलनमा रहेका छन् । यहाँका लोकस्रष्टाले यी गीतमा विभिन्नअलङ्कारहरू प्रयोग गरेकोभेटिन्छ । यस अनुसन्धानमा सामग्री सङ्कलनका लागि क्षेत्रकार्य र विश्लेषणका लागि आगमनात्मक विधिको प्रयोग गरी अलङ्कारहरूको अध्ययन गरिएको छ । यहाँको टप्पा गीतमा मायाप्रेमलाई अत्यधिक बढाई चढाई गरी खाने लाउने वस्तुको रूपमा व्याख्या गरिएको अतिशयोक्ति अलङ्कार, करेलीभन्दा गोल्भिराको अचार बनाउनुपर्छ भन्ने भनाइ फरकफरक भएर पनि व्यङ्ग्यार्थक रूपमा राम्रो काम भन्ने अर्थ भएको एकै प्रकारको धर्मनिर्वाह गरेको प्रतिवस्तुमा अलङ्कारर मनले स्वीकार गरेको माया नपाइएकाले विवाह नै हुन नसक्ने सम्भाव्य कार्यकारण सम्बन्ध भएको सम्भावना अलङ्कारको प्रयोगले गीतलाई सौन्दर्यपूर्ण एवम् मनमोहक बनाएका छन् । यहाँयुवाले युवतीलाई दुईतीन दिन पनि पर्खन नसकेर कहाँ जान लागेकी भनेर प्रश्न गर्ने क्रममा आएका बिबै, शुक र शनिको एकाधर्मान्वय बारसँग भएको तुल्ययोगिता अलङ्कार र युवतीले युवकको प्रेमप्रस्ताव अस्वीकार गरेपछि मायाको चिनोका रूपमा रुमाल मागी त्यसैमा माया बाँधेर बिदा हुने कुराको चर्चा गर्दा करुण रसको अङ्गी रसको रूपमा ˘ाृङ्गार रस आएको रसवत् अलङ्कारले गीतलाई प्रभावकारी एवम् मर्मस्पर्शी बनाएका छन् । यस प्रकारको अध्ययनले लोकसाहित्यका अध्येताहरूलाई महŒवपूर्ण स्रोतको रूपमा योगदान पुर्‍याउने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
0

Author Biographies

Dambar Bahadur Pun, Mahendra Multiple Campus Nepalgunj

Assistant Prof.

Dwarika Prasad Bhandari, Birendra Bidhya Mandir Campus Tikapur, Kailali

Associate Professor

Downloads

Published

2026-06-15

How to Cite

Pun, D. B., & Bhandari, D. P. (2026). आठहजार क्षेत्रका टप्पा गीतमा अर्थालङ्कार. BMC Research Journal, 5(1), 227–237. https://doi.org/10.3126/bmcrj.v5i1.95766

Issue

Section

Articles